आइतबार, असार १२ २०७९
काठमाडौं २२:५३
वासिङटन डिसी 13:08

यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा

इनेप्लिज २०७९ जेठ १४ गते १३:०३ मा प्रकाशित

अमेरिकाको इन्डिया राज्यमा यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरी बिभागले खुलासा गरेको छ । उनीहरु अझै पनि उनको पहिचानको प्रयासमा छन भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

दक्षिणी इन्डियानामा गत महिना यानपेटिकामा मृत फेला परेको एक अपरिचित बालकको इलेक्ट्रोलाइट(विद्युत-अपघट्य) असंतुलनका कारण मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताए।

करिब ५ बर्ष उमेर मानिएको बालकको शव परीक्षणले इलेक्ट्रोलाइट(विद्युत-अपघट्य) असंतुलन बिषाणु ग्यास्ट्रोएन्टेराइटिस(संक्रामक पखाला )को कारणले भएको देखाउँछ भनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त अवस्थालाई वान्ता तथा झाडा पखाला पनि भनिन्छ भनि रोग नियन्त्रण र रोकथाम केन्द्र(सिडिसी)ले ब्याख्या गरेको छ ।

बालकको रगतको विषाक्तता नकारात्मक रहेको समाचार विज्ञप्तिमा भनिएको छ। शव परीक्षण प्रतिवेदन अनुसार त्यहाँ कुनै महत्त्वपूर्ण चोटपटक नभएको संकेत गरेको छ, यसको मतलब मृत्युको कुनै शारीरिक कारणबाट नभएको प्रहरीले भने।

जासूसहरूका अनुसार बच्चालाई यानपेटिकामा राख्दा उनीहरूसँग बच्चा जीवित थियो भन्ने कुनै प्रमाण नभएको बताए । उनीहरुका अनुसार बच्चाले लुगा लगाएको र सफा थियो, प्रहरीले समाचार विज्ञप्तिमा जनाएका छन् ।

बच्चाको शव ग्रामीण वाशिंगटन काउन्टीमा फेला परेको थियो जसको अगाडि र पछाडि शानदार लस भेगास लेखिएको थियो ।

गत अप्रिल १६ मा च्याउको शिकार गर्ने एक निवासीले उक्त यानपेटिका फेला पारेपछि तुरुन्तै ९११ मा दूरभाष गरेपछि राज्य प्रहरीलाई अनुसन्धान गर्न बोलाइएको थियो ।

शव फेला परेको एक साताअघि नै बालकको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया