अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार ९ सय २५ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ३७५ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक मे ५८ का दिन न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।
संक्रमण दर २२ % वृद्धि भएको छ भने अहिले सम्म कूल ८ करोड ३९ लाख ८ हजार २ सय ४२ जना संक्रमित भएका छन् । गत २४ घन्टामा ९ लाख ५० हजार ८ सय ५८ कोरोना जाँच गराएका छन भने हाल अस्पतालमा २६ हजार २ सय १० जना भर्ना भएका छन् । अस्पताल भर्ना दर २७ % वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा २ हजार ७ सय ६६ जना भर्ना भएका छन् भने २३ % वृद्धि भएको छ ।
अमेरिकामा हाल सम्म कूल १० लाख ३ हजार १ सय २४ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड ११ लाख ९० हजारले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७६.६ % र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१ % पूर्ण खोप लगाई सकेका छन् ।
यसै गरि अभिवर्धक खुराक(बुस्टर डोज) १० करोड ३२ लाख १७ हजार ४ सय १४ ले लिई सकेका छन् ।
सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २५ करोड ८४ लाख ६३ हजार पुगेको छ ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया