क्यानडाको टोरन्टो प्रहरीले तीन विद्यालय नजिकै बन्दुक बोकेका एक व्यक्तिलाई गोली हान्दा मृत्यु भएको छ । टोरन्टो प्रहरीले बिहीबार स्कारबोरो क्षेत्रका तीन विद्यालय नजिकै बन्दुक बोकेको देखिएका एक व्यक्तिलाई गोली हान्दा उनको निधन भएको हो
क्यानाडाको ओन्टारियो प्रान्तमा रहेको विशेष अनुसन्धान इकाईका अनुसार अधिकारीहरूले बन्दुक बोकेको एक व्यक्तिको खबर पाए पछि प्रहरीहरु त्यहा पुगेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।
दुई अधिकारीहरूले संदिग्धलाई गोली हाने र कम्तिमा एक पटक उनलाई गोली लागेको प्रहरीले भने। शंकास्पदलाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।
टोरन्टो जिल्ला बिद्यालय समितिका सामाजिक संजाल ट्वीटहरूको श्रृंखला अनुसार अधिकारीहरूले खतराको सीमा निर्धारण गर्न खोज्दा बिहीबार उक्त क्षेत्रका कम्तिमा चार विद्यालयहरू तालाबन्दीमा गरिएको थियो ।
अमेरिकाको टेक्ससमा भएको गोलीकाण्ड पछि उक्त घटना क्यानडामा भएको हो ।
प्रतिक्रिया