युक्रेनको खार्किभ आवासीय क्षेत्रमा “घनघोर गोलाबारी” मा बच्चा सहित ९ जनाको मृत्यु भएको छ ।
युक्रेनको खार्किभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख ओलेह सिन्येहुबोभका अनुसार बिहीबार खार्किभमा शहरको केन्द्र नजिकैको आवासीय क्षेत्रमा “घनघोर गोलाबारी” को बीचमा ५ महिनाको बच्चा सहित नौ व्यक्तिको मृत्यु भएको छ ।
मारिनेहरू मध्ये “एउटा परिवार जो सडकमा हिंडिरहेका थिए । एक व्यक्तिले आफ्नो पाँच महिनाको बच्चालाई हातमा समातिरहेका थिए, जसलाई उसले समातेको समयमा मृत्यु भएको छ । बच्चाको आमा गम्भिर घाइते छिन् र अहिले अस्पतालमा छिन्, ”सिनेहुबोभले भने।
उनले युक्रेनको दोस्रो ठूलो शहरमा आवासीय क्षेत्रहरूलाई लक्षित गर्ने स्थानीय बासिन्दाहरूलाई “आतंकित” गर्ने उद्देश्यले मात्र हुन सक्ने बताए।
गोलाबारी ओब्लास्टको उत्तरबाट सञ्चालन गरिएको थियो, जहाँ हाम्रा सेनाहरूले आफ्नो स्थान पकडमा पारि रहेका छन् र शत्रुहरूलाई बिस्तारै सीमामा धकेलिरहेका छन्। यो एक मात्र बसोबास क्षेत्र हो, त्यसैले यस गोलाबारीको उद्देश्य स्थानीय बासिन्दाहरूलाई आतंकित पार्ने मात्र हुन सक्छ,” उनले भने।
“अहिलेसम्म हाम्रा सशस्त्र बलहरूले आफ्नो स्थिति दृढताका साथ टिकाई राखेका छन् र खार्किभ शहरको सम्भावित कब्जाको बारेमा कुनै प्रश्न छैन,” उनले भने।
प्रतिक्रिया