आइतबार, असार १२ २०७९
काठमाडौं २०:५७
वासिङटन डिसी 11:12

नेपाल र अमेरिकामा मे २७ का दिन एकै पटक कबड्डी चलचित्र प्रदर्शन , टेक्ससमा दैनिक प्रदर्शन हुने

इनेप्लिज २०७९ जेठ १२ गते २३:२९ मा प्रकाशित

नेपाल र अमेरिकामा मे २७ का दिन एकै पटक कबड्डी चलचित्र प्रदर्शन हुने भएको छ भने टेक्ससमा दैनिक प्रदर्शन हुने भएको छ ।

टेक्सस राज्यको डलास फोर्ट वर्थ मेट्रोप्लेक्सका दुई थिएटर(नाट्यशाला )मा प्रदर्शन हुने भएको छ।

कबड्डीको तेस्रो शृंखला कोभिड सुरु हुनुभन्दा ठीक अघि २०१९ मा लगभग ५ हप्ता यो टेक्ससको चलचित्र मन्दिरमा प्रदर्शन भएको थियो। रामबाबु गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा दया ह्याङ राई, सौगात मल्ल, बुद्धी तामाङ ‘हैट’, विनय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।

नेपाल ११ इन्टरटेनमेन्टका निर्देशक प्याट्रिक सुवेदीले ईनेप्लिजलाई भने ‘हामीले असार ३ गते ठूलो अपेक्षासहितको अर्को नेपाली चलचित्र ‘चिसो मान्छे’ प्रदर्शन गर्ने तयारी गरेकाले कबड्डीका प्रदर्शन ३ साता मात्रै प्रदर्शन गर्न सकिने छ ।

चलचित्र टेक्ससको युलेस शहरको सिनेपोलिस लक्जरी सिनेमाज र रिचर्डसनको फन मूवी ग्रिलमा प्रदर्शन हुने सुबेदीले बताए । उक्त क्षेत्रको नेपाली जनसङ्ख्यालाई ध्यानमा राखेर चलचित्रको स्थान छनोट गरिएको हो। कबड्डी अमेरिकामा उच्च माग भएको नेपाली चलचित्र हो, कबड्डी ३ डलासमा लगभग ८ हजारले हेरेको सुबेदीले बताए ।

डलास अमेरिकाको एक मात्र यस्त्रो शहर हो जहाँ हिन्दी र अङ्ग्रेजी चलचित्रहरू जस्तै नेपाली चलचित्रहरू धेरै हप्ताको लागि दैनिक रूपमा प्रदर्शन हुन्छन । तर कोभिड पछि कबड्डी डलासका नेपाली अमेरिकीहरूले दैनिक रूपमा नाट्यशालाहरूमा रमाइलो गर्ने पहिलो नेपाली चलचित्र हो। डलासमा बिहीबार बिहानसम्मको वर्तमान अवस्थालाई हेर्दा, दुबै नाट्यशाला (थिएट)रहरूमा पहिलो सप्ताहन्त प्रदर्शन बिहीबार राति अघि बिक्री हुनेछ। टिकटहरू नाट्यशाला संजालस्थल (थिएटर वेबसाइट)हरू र अन्य सबै टिकट एपहरू जस्तै फ्यानड्याङ्गो एटोम टिकट (Fandango, Atom Tickets )आदिमा उपलब्ध छन्।

मोमो इन्टरटेनमेन्टका डिजे मोमोका अनुसार ३ सातासम्म मेट्रोप्लेक्समा करिब १०० शो हुनेछन् | स्थानीय बजार र दर्शकको पर्यवेक्षण गर्ने सुदीप आत्रेले सार्वजनिक (रिलिज) मितिको करिब एक साता अघिदेखि अग्रिम टिकट बुकिङ(आरक्षित ) गर्दा दर्शकको प्रतिक्रियाले दंग भएको बताए ।

डलासमा रहेका सबै नेपालीलाई यो चलचित्र हेर्ने समान अवसर दिन दिउँसो, साँझ र रातीमा प्रदर्शन समय (शो टाइम )उपलब्ध छ। कबड्डी–४ मे २७ देखि जुन १६ सम्म र त्यसपछि जुन १७ मा चिसो मान्चे प्रदर्शन हुने तय भएको छ ।

नेपाल ११ इन्टरटेन्मेन्ट, मोमो इन्टरटेन्मेन्ट र आत्रेय प्रोडक्सनले आगामी चलचित्र ‘चिसो मान्छे’ को लागि अमेरिका–क्यानडाको वितरण अधिकार खरिद गरेको छ । यो टोलीले विगत केहि वर्ष देखि सत्रु गेट, कबड्डी शृंखला, छमाया छपक्कै, ए मेरो हजुर, आमा लगायतका चर्चित नेपाली चलचित्रहरु सफलतापूर्वक प्रदर्शन गरिसकेको छ ।

यस पटक डलास टेक्ससमा कबड्डीले धेरै राम्रो गर्ने अग्रिम बुकिङले देखाउँछ।

प्रतिक्रिया