आइतबार, असार १२ २०७९
काठमाडौं २२:१५
वासिङटन डिसी 12:30

म्याडिसन विस्कनसिनमा यही मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै

इनेप्लिज २०७९ जेठ १२ गते २३:२६ मा प्रकाशित

म्याडिसन विस्कन्सिन अमेरिकामा आउँदो मेमोरियल डे सातामा (में २८ र २९, २०२२) इन्टर स्टेट भलिबल प्रतियोगिता हुने भएको छ |

उक्त कार्यक्रम नेपाली अमेरिकन मैत्री संघ म्याडिसन विस्कन्सिन, एनआरएन अमेरिकाको विस्कन्सिन च्याप्टर र मिडवेष्ट क्षेत्रका अन्य च्याप्टरहरूको सहयोगमा हुन लागेको हो |

कार्यक्रमका संयोजक समाजसेवी रबिन्द्र उप्रेती अमेरिकन मैत्री संघ म्याडिसनका सक्रिय अभियन्ता  र नवगठित एनआरएन अमेरिका राष्ट्रीय समन्वय परिषद का वर्तमान कोषाधक्ष हुन्  |

मे २८, २०२२ को बिहान ८ बजे सेन्ट्रल टाइममा कार्यक्रमको उदघाटन समारोह इनेपलिज डटकमबाट लाइभ गरिने योजना छ | कार्यक्रमको उदघाटन अबिमन पसछेंको नेतृत्वमा नवगठित एनआरएन अमेरिकाका प्रमुख संरक्षक तथा एनआरनएन अमेरिकाका पूर्व अधक्ष्य र एनआरनएन आईसीसीका वर्तमान कोषाध्यक्ष समाजसेवी सुनील साहले गर्ने छन्  |

साथै कार्यक्रममा एनआरएन अमेरिकाका पूर्व बोर्ड मेम्बर र एनआरएन अभियन्ता विस्कन्सिन निवासी समाजसेवी वासु अधिकारी पनि अतिथी रहने छन्  | अतिथिमा आरसि एनआरएनए मिडवेष्टका किरण बस्नेत ,एनआरएनए विस्कन्सिन च्यापटर अध्यक्ष दिपक थापा ,नेपाली अमेरिकन मैत्री संघबाट वर्तमान अधक्ष्य अबिमन पसछें, पूर्व अधक्ष्य सन्तोष लामिछाने तथा नेपाली कक्षाका विद्यार्थी र कक्षा तथा नेपाली संस्कृतीको प्रवर्धनमा म्यडिसनमा निरन्तर लागिरहने अर्चना द्वा लगायत सम्पूर्ण खेलाडी र खेलप्रेमी नेपाली समुदायको पनि उपस्थिती रहने छ |

कार्यक्रमको संचालन म्यडिसनका खेलप्रेमी युवा सन्तोष पौडेलले गर्नेछन् | प्रतियोगितामा मिचिगन, भर्जिनिया, मिन्नेसोटा, विस्कनसिनका म्याडिसन र मिल्वाकी गरी ७ वटा टिम सहभागी हुने छन्  | म्यडिसनमा हुन लागेको यो दोश्रो इन्टर स्टेट भलिबल प्रतियोगिता हो  |

यसअघि २०१८ मा रविन्द्र उप्रेती र अर्जुन खड्काको संयोजकत्वमा अमेरिकन मैत्री संघको अध्यक्ष सन्तोष लामिछाने रहंदा पनि सफलतापूर्वक प्रतियोगिता सम्पन्न भएको थियो |

प्रतिक्रिया