युक्रेनले रुसले कब्जा गरेको क्षेत्रमा राहदानी जारी गर्ने रुसी कदमको निन्दा गरेको छ ।
युक्रेनको विदेश मन्त्रालयले मस्कोको एक कदमको निन्दा गरेको छ।
खेरसोन र जापोरिझिया क्षेत्रहरूमा साथै क्राइमिया र डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूको अस्थायी रूपमा कब्जा गरिएका भागहरूमा अवैध राहदानी, युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता, अन्तर्राष्ट्रिय मानवीय कानुनका मान्यताहरू र सिद्धान्तहरूको घोर उल्लङ्घन हो ,युक्रेनले भनेको छ ।
साथै १९०७ हेग महासन्धिको धारा ४५ र युद्धको समयमा नागरिक व्यक्तिहरूको संरक्षणको लागि १९४९ महासन्धिको धारा ४७ अनुसार रुसले शक्ती प्रदशर्न गरेको एक विज्ञप्तिमा जनाएको छ ।
रूसका राष्ट्रपतिको आदेश कानुनी रूपमा शून्य छ र यसको कुनै कानुनी परिणाम हुने छैन।
यो निर्णयले रुसले अस्थायी रूपमा कब्जा गरेको क्षेत्रहरूमा युक्रेनीहरूको नागरिकतालाई असर गर्दैन विदेश मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया