त्यो गाउँको घरमा हाम्रो भेट भयो
के भयो ? यो दिल तिमि तिर आकर्षण भयो
सितल हावा चलेको त्यो पल पलमा
माया गर्ने मान्छे नजाउ है यो समयमा
नदिको किनारामा बसि गाउथ्यौ सधै गित
किन तिमिले बुझ्दैनौ यो मनको प्रित
छुटिएर जादा यो मन सधै रुने
को होला मेरो दिलका कुरा सुनिदिने
सारा गाउँले गायो हाम्रो प्रितको गित
अब आउदा गाउँमा भेट हुन्छ तिमि सित
गोबिन्द राज ओझा (साजन)
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया