जुठो

– अरुणबहादुर खत्री “नदी” २०७९ जेठ ११ गते २:११ मा प्रकाशित

 

रामकुमार आफ्नो विवाह गरेको पहिलो साल नयाँ लुगा हालेर दशैँको टीकाको दिन आफ्नी दुलहीलाई लिएर ससुराली टीका थाप्न गयो।आफ्नो घरमा टीका लगाउने कार्य सकिनासाथ बसपार्कमा पुगेर लामो दुरीको बसको टिकट काटेर ऊ आफ्नी दुलहीलाई लिएर सासु ससुरासँग आशिष माग्न बेलुकीपख ससुराली पुग्यो। ससुराली पुगेर एकछिन थकाई मार्न पाएको छैन टेलिफोनको घण्टी आयो। टेलिफोनको रिसिवर उसको ससुराबाले उठाए। “…………गाउँको आफ्नै तेह्रदिने दाजु बित्नु भयो” त्यसपछि ज्वाइँसाहेब हामीलाई जुठो पर्यो।अब यो सालको दशैँमा हजुरहरुलाई टीका लगाउन पाइएन” ससुराबाले खिन्न हुँदै भने। त्यसपछि रामकुमारलाई साह्रै नमज्जा लाग्यो र खिन्न देखियो।

सामाखुसी मार्ग, ९३५÷५४,
काठमाडौं ३
मोबाइल नम्बर ९८४१७९७६६४

प्रतिक्रिया