तिहार नजिक आईरहेको बेला लक्ष्मण आफ्नी आमासँग भन्छ “आमा अब तिहार नजिकै आउँन लाग्यो।दिदी बाहिर जानु भएकोले यसपाली पल्लो घर डेरा गरी बस्ने रमा दिदीको हातको टीका लगाउँछु है ?”
छोराले त्यसो भनेपछि आमाले भनिन् “तल्लो जातकी केटीको हातको टीका लगाउनु हुँदैन बाबु।बरु पछि लाउलास् आफ्नै दिदीको हातको टीका।रमाको हातको टीका लगाउन गईस् भने हाम्रो त इज्जतै जान्छ।ख्याल राखेस् तैंले।” आमाको कुरा सुनेपछि लक्ष्मणले भन्यो “त्यसो भए आमा अबदेखि म स्कूलमा पढ्न पनि जान्न,किनभने मेरो स्कूलमा डेरामा बस्ने र तल्लो जातका साथीहरु बराबर छन् त्यसैले म त्यस्तो स्कूलमा पढ्न जान्न।”
प्रतिक्रिया