आइतबार, असार १२ २०७९
काठमाडौं २२:१९
वासिङटन डिसी 12:34

अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु

इनेप्लिज २०७९ जेठ १० गते २२:२२ मा प्रकाशित

अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक गरि कूल १५ जनाको मृत्यु भएको टेक्ससका गभर्नरले जानकारी दिएका छन् । ग्रीष्मकालिन अवधिको लागि छुट्टी हुनु २ दिन अगाडी १८ बर्षिय मानिसले अन्धाधुन्ध गोली चलाउदा युभाल्ड़ीको प्राथमिक बिद्यालयमा १४ जना बिद्यार्थी र १ जना शिक्षकको ज्यान गएको गभर्नर ग्रेग आबोटले बताए ।

गोली चलाउने बन्दुकधारीको पनि निधन भएको जनाईएको छ ।

गभर्नरले सूचना दिनु अगाडी टेक्ससको युभाल्ड़ीमा रहेको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै विद्यार्थी सहित दर्जन भन्दा बढी घाइते भएपछि एक संदिग्धलाई हिरासतमा राखिएको अधिकारीहरूले बताएका थिए ।

युसिआइएसडि ले दिउँसो १२:१७ बजे रोब प्राथमिक बिद्यालय (इलिमेन्टरी स्कूल)मा “सक्रिय बन्दुकधारी” भएको बताएको थियो । स्थानीय समय अनुसार मंगलबार प्रहरीहरु घटनास्थलमा पुगेका थिए ।

विद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको ज्यान गएको र १३ बालबालिकाको विभिन्न चोटपटकका लागि युभाल्डी मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रवक्ता टम नोर्डविकले बताएका थिए । ४० वर्षका एक पुरुषको पनि उपचार भइरहेको उनले बताएका थिए ।

सान एन्टोनियोको बिश्वबिद्यालय अस्पतालले सामाजिक संजाल ट्वीटका अनुसार बिद्यालयमा गोली चलाउँदा एक बच्चा र एक वयस्क पाएको वयस्क एक ६६ वर्षीया महिलाको गम्भीर अवस्थामा रहेको जनाएको छ ।

रोब प्राथमिकले दुई कक्षा देखि चार कक्षासम्म पढाउँछ र २०२०-२१ विद्यालय वर्षमा ५३५ विद्यार्थीहरु रहेका थिए । बिहीबार विद्यालयको यो वर्षको अन्तिम दिन थियो ।

उक्त गोलीकाण्डपछि विद्यालयका सबै गतिविधि बन्द गरिएको विद्यालय जिल्लाले जनाएको छ ।

प्रतिक्रिया