टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन ।
टेक्ससको युभाल्ड़ीमा रहेको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै विद्यार्थीसहित दर्जन बढी घाइते भएपछि एक संदिग्धलाई हिरासतमा राखिएको अधिकारीहरूले बताएका छन्।
युसिआइएसडिले दिउँसो १२:१७ बजे रोब प्राथमिक बिद्यालय (इलिमेन्टरी स्कूल)मा “सक्रिय बन्दुकधारी” भएको बताएको थियो । स्थानीय समय अनुसार मंगलबार प्रहरीहरु घटनास्थलमा पुगेका थिए ।
संदिग्ध व्यक्तिलाई हिरासतमा लिइएको युभाल्डी प्रहरी विभागले जनाएको छ ।
विद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको ज्यान गएको र १३ बालबालिकाको विभिन्न चोटपटकका लागि युभाल्डी मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रवक्ता टम नोर्डविकले बताए। ४० वर्षका एक पुरुषको पनि उपचार भइरहेको ,उनले बताए ।
दुई बच्चाहरूलाई स्यान एन्टोनियो लगिएको छ भने अर्कोको स्थानान्तरण हुन बाँकी छ, उनले थपे।
सान एन्टोनियोको बिश्वबिद्यालय अस्पतालले सामाजिक संजाल ट्वीटका अनुसार उनीहरूले बिद्यालयमा गोली चलाउँदा एक बच्चा र एक वयस्क पाएका थिए। वयस्क एक ६६ वर्षीया महिलाको गम्भीर अवस्थामा रहेको छ ।
रोब प्राथमिक बिद्यालयले दुई कक्षा देखि चार कक्षासम्म पढाउँछ र २०२०-२१ विद्यालय वर्षमा ५३५ विद्यार्थीहरु रहेका थिए । बिहीबार विद्यालयको यो वर्षको अन्तिम दिन थियो ।
उक्त गोलीकाण्डपछि विद्यालयका सबै गतिविधि बन्द गरिएको विद्यालय जिल्लाले जनाएको छ । घटनाको अनुसन्धानमा भै रहेको सिएनएनले जनाएको छ ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया