आइतबार, असार १२ २०७९
काठमाडौं २२:३८
वासिङटन डिसी 12:53

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु

इनेप्लिज २०७९ जेठ १० गते १०:३८ मा प्रकाशित

 

अमेरिकामा एकै दिनमा कोभिड-१९ १ लाख ७ हजार ३ सय १६ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ३१२ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक मे २४ का दिन न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।

संक्रमण दर ४६ % वृद्धि भएको छ भने अहिले सम्म कूल ८ करोड ३३ लाख २५ हजार १४ जना संक्रमित भएका छन् । गत २४ घन्टामा १० लाख २८ हजार १ सय ५३ कोरोना जाँच गराएका छन भने हाल अस्पतालमा २४ हजार ७ सय ४७ जना भर्ना भएका छन् । अस्पताल भर्ना दर २८ % वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा २,६५२ जना भर्ना भएका छन् भने २३ % वृद्धि भएको छ ।

अमेरिकामा हाल सम्म कूल १० लाख ८ सय २६ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड ९ लाख ३३ हजारले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७६.५ % र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९०.९ % पूर्ण खोप लगाई सकेका छन् ।

यसै गरि अभिवर्धक खुराक(बुस्टर डोज) १० करोड २७ लाख ९० हजारले लिई सकेका छन् ।

सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २५ करोड ८१ लाख ७४ हजार पुगेको छ ।

प्रतिक्रिया