शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
धन लामा, मे २३, २०२ कनेक्टिकट, यु एस ए ।
कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) ले २५६६ औं बुद्ध जयन्ति एक समारोहको आयोजना गरी मनायो । स्थानीय न्यू हार्टफोर्डमा अवस्थित अन्तर्राष्ट्रीय बौद्ध ध्यान केन्द्रमा आयोजित बुद्ध जयन्ति कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उलेख्य मात्रामा सहभागिता थियो ।
कार्यक्रमको सभापतित्व कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) का अध्यक्ष नारायण पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथि शेर्पा किदुक, न्यूयोर्कका भूतपूर्व अध्यक्ष तथा हिमालयन बुद्धिष्ट इन अमेरिकाका पूर्व उपाध्यक्ष उर्गेन शेर्पा, शेर्पा सोसाइटी अफ कनेक्टिकटका अध्यक्ष सोनाम शेर्पा र नेकोनका प्रमुख सल्लाहकार कृष्ण अधिकारीको आसन ग्रहण पश्चात नेकोनका उपाध्यक्ष रघु गिरीले स्वागत मन्तव्य दिनु भएको थियो ।
स्थानीय प्रमुख लामा औतारी धर्मगुरु टुल्कु ङवाङ थन्जेन् रिन्पोछेले सामूहिक मन्त्रपाठ गराईसकेपछि औपचारिक रूपमा शुरू भएको कार्यक्रममा प्रमुख अतिथि उर्गेन शेर्पाले भगवान गौतम बुद्धको जीवनी, बौद्ध दर्शन र पन्चशील, शील समाधि र वर्तमान विश्व परिवेशमा विश्व शान्तिको लागि बुद्ध शिक्षाको अपरिहार्यताको विषयमा सुन्दर प्रवचन प्रस्तुत गर्नु भएको थियो ।
कवि तथा गीतकार धन लामाले “झरनाको पानी जस्तै स्वच्छ सफा शुद्ध बन, असत्यले ढाक्यो जगत अब तिमी बुद्ध बन” शिर्षकको कवितालाई नेपाली भाषा, अंग्रेज़ी अनुवाद र गीति लयमा प्रस्तुत गर्नु भएको थियो । त्यस्तै गरी निमा शेर्पाले बुद्ध धर्म र भगवान गौतम बुद्ध सम्बंधि कविता वाचन गरेका थिए । अन्तर्राष्ट्रीय बौद्ध ध्यान केन्द्रका आवसीय भिक्षुहरू ह्यान सा सुनिम र सुयान सुनिमले क्रमश: केन्द्रमा उपस्थित सहभागीहरूलाई स्वागत र ध्यान प्रक्रियामा समन्वयको भूमिका खेलेकी थिईन । अन्त्यमा सम्पूर्ण सहभागीहरूले भगवान गौतम बुद्धको विशाल प्रतिमाहरूमा पुष्प अर्पणका साथै बालक सिद्धार्थलाई जलले स्नान सकेपछि कार्यक्रमका सभापति नेकोनका अध्यक्ष नारायण पौडेलले कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सन्चालन संक्षिप्त रूपमा नेकोन सचिव राजन तिम्सिना र बाँकी सम्पूर्ण कार्यक्रम २५६६ औं बुद्ध जयन्ति समारोहका संयोजक रोमी योन्जनले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा ध्यान केन्द्रको तर्फबाट सम्पूर्ण सहभागीहरूलाई प्रसाद स्वरूप शाकाहारी भोजन प्रदान गरिएको थियो ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया