आइतबार, असार १२ २०७९
काठमाडौं २३:११
वासिङटन डिसी 13:26

अमेरिकाको साउथ क्यारोलाइनाको सानो शहरमा केही घण्टाभित्रै ४ किशोरहरुको गोली हानी हत्या

इनेप्लिज २०७९ जेठ १० गते ०:२० मा प्रकाशित

अमेरिकाको साउथ क्यारोलाइनाको सानो शहरमा केही घण्टाभित्रै ४ किशोरहरुको गोली हानी हत्या भएको छ । सप्ताहन्तमा चार किशोरहरूको केही घण्टा भित्र गोली हानाहान हुँदा उनीहरुको निधन भएको हो ।

न्युबेरीमा आइतबार बिहान भएको गोलीकाण्डमा एक १६ वर्षीय किशोरको मृत्यु भएको छ ।

आइतबार दिउँसो भएको गोलीकाण्डमा तीन किशोरको मृत्यु भएको घटनामा कोही पनि पक्राउ नभएको न्युबेरीका प्रहरी प्रमुख केभिन गुडम्यानले बताए ।

“सबै पीडितहरू कुनै न कुनै रूपमा एक आपसमा जोडिएका छन्। उनीहरु एक अर्कालाई चिन्थे । मेरो बुझाइ तिनीहरू एउटै वृतमा थिए, “गुडम्यानले भने, प्रहरीलाई अझै पनि गोलाबारीसँग उनिहरु जोडिएका हुन् की हैनन भन्ने निश्चित नभएको उनले बताए ।

दोस्रो गोलीकाण्डमा मारिनेहरू १५, १८ र १९ वर्षका थिए, न्युबेरी काउन्टीको मृत्यु समिक्षक लौरा नीसले भनिन । उनीहरुको शव परीक्षण हुने बताइन ।

न्यूबेरी काउन्टीका सहायक प्रहरीहरू र राज्य प्रहरीको सहयोगमा कोलम्बियाको उत्तरपश्चिममा ४० माईल (६५ किलोमिटर) शहरमा न्यूबेरी प्रहरीले गस्ती गरिरहेका थिए।

न्यूबेरीका माध्यमिक बिद्यालयहरुले दूर शिक्षा(परोक्ष -भर्चुअल)रुपमा सोमबार पढाउने निर्णय गरेको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया