क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
क्यालिफोर्निया राज्यमा सोमबार एकाबिहानै दक्षिणी क्यालिफोर्नियाको एउटा समुन्द्री भीरबाट ४ जना खस्दा एक पुरुषको मृत्यु भएको र दुई जना महिला गम्भीर घाइते भएको अधिकारीहरूले बताएका छन्।
सामान्य चोटपटक लागेको चौथो व्यक्ति तलको समुद्र तटबाट माथि चढ्न सफल भएका छन् । उनले बिहान ४:३० बजे अधिकारीलाई जानकारी गराएको पालोस भर्डेस सम्पत्ति एस्टेट प्रहरी विभागका कप्तान स्टीभ बार्बरले बताए ।
लस एन्जलसका २५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुई महिलालाई समुद्र तटबाट उदग्रबिमान (हेलीकप्टर)बाट माथि ल्याइएको र प्रत्येकलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको एबिसीन्यूजले समाचार लेखेको छ ।
दुर्घटनाको जाँच प्रहरीले गरिरहेको बार्बरले बताए ।पालोस भर्डेस भूमि लस एन्जलस काउन्टीको दक्षिणी छेउमा पालोस भर्डेस प्रायद्वीपमा पर्दछ । भीर प्रशान्त महासागर भन्दा लगभग ३०० फिट (९१ मिटर)माथि छ ।
यस क्षेत्रमा धेरै दुर्घटनाहरू भएका र केहीले आत्महत्याहरू समेत गरेको बार्बरले बताए । अहिलेसम्म यो दुर्घटना बाहेक अरु केही हो भन्ने कुनै संकेत छैन ,उनले भने ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया