पोखरा १७ मा एमालेको प्यानल बिजयी राधिका बनिन पोखराको एक्लो महिला वडाध्यक्ष ।

इनेप्लिज २०७९ जेठ ९ गते २१:५५ मा प्रकाशित

पोखरा।पोखरा १७ मा महिला वडाध्यक्ष राधिकाकुमारी शाहीसहित एमालेको प्यानल नै विजयी भएको छ।

पोखरा महानगरपालिकामा एक मात्र महिला विजयी भएकी छन्।पोखरा १७ को वडाध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएकि राधिका शाही योगिले कांग्रेसबाट उम्मेदवारी दिएका देवराज आचार्यलाई ८२ मतले हराउदै विजयी भएकी हुन । शाहीले २६२५ मत ल्याउदा आचार्यले २५४२ मत ल्याएका छन्।

यस्तै,महिला सदस्यमा विष्णुकुमारी थापा,दलित महिला सदस्यमा तारा परियार,खुला सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भएका छन्।

प्रतिक्रिया