सोमबार, असार १३ २०७९
काठमाडौं ००:०१
वासिङटन डिसी 14:16

स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने

इनेप्लिज २०७९ जेठ ९ गते १८:४३ मा प्रकाशित

स्टारबक्सले रूसमा आफ्ना सबै पसलहरु  बन्द गर्ने भएको छ ।

कफीको कारोवारमा विश्व प्रसिद्ध  स्टारबक्सले रूसबाट बाहिरिएको बताएको छ ।

अब त्यहाँ स्टारबक्स मार्का( ब्रान्ड)को उपस्थिति नहुने सोमबार एक बिज्ञप्तीमा जनाएको छ।

रुसमा १५ वर्षदेखि सञ्चालन गरिरहेको र अहिले त्यहा १३० अनुमति प्राप्त पसलहरु बन्द गरेको बताएको छ।

स्टारबक्सले रुसमा आफ्ना करिब २,००० कामदारहरूलाई छ महिनाको तलब र स्टारबक्स बाहिरका नयाँ अवसरहरूमा स्थान्तरण गर्न साझेदारहरूलाई सहयोग सहित “समर्थन” गर्ने बताएको छ।

स्टारबक्सका प्रमुख केभिन जोन्सनले मार्चमा रुसमा सबै स्टारबक्स उत्पादनहरूको ढुवानी सहित सबै व्यापार गतिविधिहरू निलम्बित गरेको बताएपछि यो आएको हो।

प्रतिक्रिया