मन शुद्ध गरेर हेनु पर्छ यो दुनियालाई
सत्य र साचो कुरा सिकाउनु पर्छ सबैलाई
राम्रो नजरले हेर्नुपर्छ यो जगतलाई
पाप कर्म छोडनुपर्छ हामिले सधैलाई
सबैको मनमा शान्तिको बास हुनुपर्छ
जगतको कल्याणको लागि कार्य गर्नुपर्छ
कसैलाई दु:खि नबनाउ हामिले सोच्नुपर्छ
सबैले सधै मेलमिलाप गरी समाजमा बस्नुपर्छ
जगत र प्राणिको लागि सकरात्मक सोच राख्नुपर्छ
जगतको कल्याणको लागि कार्य गर्नुपर्छ
गोबिन्द राज ओझा (साजन)
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया