गोलभेडाको मूल्य

अरुणबहादुर खत्री “नदी” २०७९ जेठ ९ गते १०:४७ मा प्रकाशित

एकदिनको कुरा हो तरकारी पसलमा पुगेर तरकारी किन्दै गर्दा गोलभेडा पनि किन्न मन लागेर ‘एक किलो गोलभेडाको कति भनी प्रश्न गरे । एकसय चालिस रुपैँया तरकारी पसलकी साहुनीले जवाफ दिइन् । एकसय चालिस रुपैँया कति महंगो भएको त गोलभेडा एक सय चालिसमा त घटीमा तिन किलो आउनुपर्नेमा एक किलोकै एकसय चालिस रुपैँया अब गोलभेडा किनेर खान नसकिने भयो मैले भने ।

तरकारी किन्न गएको अर्को ग्राहकले गोलभेडा खानै पर्ने चिज होइन नि जहिले सस्तो हुन्छ त्यही बेला गोलभेडा किनेर खाउँला नि भने । तपाईको कुरो मलाई पनि ठिक लाग्यो मैले भने । तरकारी पसलकी साहुनीले जति महंगो भए पनि आवश्यक पर्ने ग्राहकले किन्न आएकै छन् नि दाइ भनिन् । अर्को ग्राहकले गोलभेडा किलोको एकसय चालिसबाट बढाएर दुईसय सम्म पु¥याए पनि किन्न छाड्दैनन् नि भने । मेरो घरमा केटाकेटीलाई गोलभेडा नहालेको तरकारी कत्ति पनि मीठो लाग्दैन त्यसैले किन्न आएको हुं नि मैले भने ।

प्रतिक्रिया