टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
टेक्ससको ग्रामीण क्षेत्रका एक अधिकारीलाई गाईवस्तु चोरेको आरोपमा पक्राउ गरिएको छ । कम जनसङ्ख्या भएको पश्चिम वेस्ट टेक्सस काउन्टीका शीर्ष निर्वाचित अधिकारीलाई गाईवस्तु चोरेको आरोपमा पक्राउ गरिएको छ।
लभिङ काउन्टीका ७१ बर्षिय जज स्केट जोन्स र अन्य तीन जना पुरुषहरूलाई शुक्रबार पशु चोरी र संगठित आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ।
चारै जना पुरुषहरूलाई छिमेकी विन्क्लर काउन्टीको कारागारमा लगिएको थियो, जहाँ उनीहरूलाई धरौटीमा रिहा गरिएको थियो।
टेक्सस र साउथवेस्टर्न क्याटल राइजर्स एसोसिएसन(संघ)ले जारी गरेको विज्ञप्ति अनुसार एक वर्ष लामो अनुसन्धानपछि उनीहरु पक्राउ परेका हुन्।
संघले गाईवस्तु र घोडाको चोरी लगायत कृषि अपराधहरूको अनुसन्धान गर्ने विशेष वनपालेहरू भनेर चिनिने शान्ति अधिकारीहरूलाई नियुक्त गरेको छ। वनपालेहरूले आवारा पशुधनको स्वामित्व पनि निर्धारण गर्छन् भनि एबिसीन्युजले समाचार लेखेको छ ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया