आइतबार, असार १२ २०७९
काठमाडौं २३:५९
वासिङटन डिसी 14:14

न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु

इनेप्लिज २०७९ जेठ ८ गते २०:२५ मा प्रकाशित

न्यूयोर्क शहरको भूमिगत रेलमाआइतबार बिहान एउटा रेल भित्र छातीमा गोली लागेर एक ४८ वर्षीय व्यक्तिको मृत्यु भएको न्यूयोर्क शहर प्रहरी बिभागले पुलिस सिएनलाई भन्यो।

पीडितलाई म्यानह्याटन जाने “क्यू” क्षेत्रको रेलको अन्तिम डिब्बामा बसेका थिए भनि न्यूयोर्क शहर प्रहरी बिभागले विभागका प्रमुख केनेथ कोरीले आइतबार दिउँसो पत्रकार सम्मेलनमा भने।

अधिकारीहरूले लगभग ११:४२ बिहान तल्लो म्यानह्याटन क्यानल गल्ली चौकी( स्टेशन)मा एक व्यक्तिलाई गोली लागेको खबर पाएका थिए ।

प्रहरीहरु त्यहा आइपुग्दा, ४८ वर्षीय मानिसलाई शरीरको माथिल्लो भागमा बन्दुकको गोली लागेको थियो। त्यहाँ आउने स्वास्थ्यकर्मीहरूले सहायता गरे र उनलाई बेल्लेभ्यू अस्पतालमा पुर्‍याएको थियो ।

जहाँ उनको चोटपटकबाट मृत्यु भयो, कोरीले भने। तर पीडितको अझै पहिचान हुन नसकेको बताए । क्यानल सेन्ट चौकी (स्टेसन)मा आइपुग्दा गोली प्रहार गर्ने संदिग्ध फरार भए

अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। कोरीले संदिग्ध व्यक्तिलाई “दाढी भएको अस्वेत पुरुष” भएको बताए । एउटै रेल डिब्बामा अन्य व्यक्तिहरू हुँदा, ४८ वर्षीय व्यक्ति मात्र घाइते भएका थिए, कोरीले भने । अधिकारीहरूले अझै पनि मृतकका परिवारलाई सूचित गर्ने काम भै रहेको बताए भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया