न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु भएको छ । ब्रुकलिन हाफ(अर्ध) म्याराथनमा अन्तिम रेखा पार गर्ने एक व्यक्ति शनिबार बिहान ढलेर मृत्यु भएको न्यूयोर्कका अधिकारीहरूले बताएका छन् ।
धावकलाई नजिकैको अस्पतालमा लगिएको थियो जहाँ उनलाई मृत घोषित गरिएको अग्नि नियन्त्रण विभागका प्रवक्ता फ्रान्क ड्वायरले भने।
प्रहरीले धावकको पहिचान गरेको र उनि ब्रुकलिनका ३२ वर्षीय डेभिड रेचम्यान भएको सीबीएस न्यूयोर्कले समाचारमा लेखेको छ ।
के कारणले धावकको निधन भयो भन्ने अहिले सम्म स्पष्ट भै नसकेको समाचारमा उल्लेख छ । यद्यपि गैर-नाफामुखी न्यूयोर्क रोड रनर्सको एक बिज्ञप्ति अनुसार धावकले दौड समाप्त गरे पछि उनको निधन भएको बताएको छ।
दौड प्रतियोगिताकि प्रवक्ता ट्रिना सिङ्गियनका अनुसार दौड प्रतियोगितामा मेडिकल स्टाफलाई सुरुदेखि अन्त्यसम्म राखिएको बताए। सिङ्गियनले बिहान ७ बजेदेखि सुरु भएको दौडका क्रममा न्यूनतम ६० देखि ७० को सम्मको तापक्रम रहेको बताइन ।
तातो तापक्रम र उच्च आर्द्रताले गर्मी रोगहरू फैलाउन सक्छ भनी चेतावनी दिँदै सल्लाहकारले न्यूयोर्क शहरभरि बेलुका ८ बजेसम्म प्रभाव पारेको थियो। ब्रुकलिनमा मध्याह्नसम्मको तापक्रम ८० डिग्री फरेनहाइट (२६.७ डिग्री सेल्सियस) नाघेको थियो।
२२,००० भन्दा बढी धावकहरूले गत शनिबार अर्ध म्याराथनमा प्रोस्पेक्ट पार्क(उद्यान)बाट कोनी आइल्याण्ड बोर्डवाकसम्म दौड गरेका थिए जुन तीन वर्षमा पहिलो पटक पूर्ण क्षमतामा प्रतियोगिता सम्पन्न भएको थियो ।
न्यूयोर्क अग्नि नियन्त्रण बिभागका अनुसार अनुसार शनिबार बिहान भएको घटनामा १६ जनालाई अस्पताल लगिएको थियो। पाँच जनाको अवस्था गम्भीर र , आठ जना खतरामुक्त र चारजनालाई सामान्य चोटपटक लागेको थियो भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया