अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
अमेरिकाको उत्तरी इन्डियानाको एक घरमा लक्षित गोलाबारीमा दुई जनाको मृत्यु भएको र तीन जना घाइते भएको प्रहरीले जनाएका छन् ।
घटना मे २१ शनिबारका दिन दिउँसो ३:२० बजे भएको हो । एक आकस्मिक दूरभाष (टेलिफोन )मार्फत गोलाबारीमा पाँच जना “गम्भीर घाइते” भएको प्रहरीलाई खबर गरिएको गोशेन प्रहरी विभागले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेको छ ।
एक व्यक्तिलाई घटनास्थलमा मृत घोषित गरिएको थियो भने दोस्रो व्यक्तिलाई गोसेनको अस्पतालमा लैजाँदा मृत्यु भएको प्रहरीले जनाएका छन् ।
गोली प्रहारबाट घाइते भएका थप तीन जनालाई इलाका अस्पतालमा लगिएको छ । दुई महिलालाई फोर्ट वेनको ट्रमा(आघात )अस्पतालमा उदग्रबिमान (हेलिकप्टर) लगिएको थियो भने तेस्रो महिलालाई साउथ बेन्डको ट्रमा (आघात )अस्पताल लगिएको प्रहरीले बताए ।
“यद्यपि अनुसन्धान जारी छ, प्रारम्भिक जानकारी अनुसार गोली प्रहार लक्षित गरिएको हो, गिरोहसँग सम्बन्धित नभएको संकेत गर्दछ, र यस समयमा समुदायमा थप खतरा देखिएको छैन,” गोसेन प्रहरी विभागले भन्यो।
एल्खार्ट काउन्टी मानवहत्या इकाईले गोली प्रहारको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया