आइतबार, असार १२ २०७९
काठमाडौं २१:५३
वासिङटन डिसी 12:08

अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या

इनेप्लिज २०७९ जेठ ७ गते २३:१० मा प्रकाशित

अमेरिकामा केटाले अरुलाई जाल हान्ने उद्धेश्यले केटी बनि केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाले आत्महत्या गरेका छन् । मृतक केटाले केटी ठानी नग्न तस्बिर पठाएको केहि घन्टामा आत्महत्या गरेको उनी आमाले सिएनएनलाई बताइन ।

क्यालिफोर्निया सान होजेका किशोर रायन लास्टले अपमान र परिवारलाई लज्जित गरेकोमा उनले आफ्नो स्वयम ज्यान लिए ।

एफबीआईले अमेरिकामा यस्ता मामिलाहरूमा चिन्ताजनक रुपमा बृद्धि भै रहेको जनाएका छन् । आमाका अनुसार १७ बर्षिय किशोरलाई सामाजिक संजाल मार्फत केटीको अभिनय तथा रुप धारण गरि बिस्तारै सम्बन्ध स्थापित गर्दै जाँदा तस्बिरहरु आदान प्रदान समेत गरे पछि छदमभेषीले नराम्रोसंग किशोरलाई फसाए पछि सहन नसकी किशोरले आत्माहत्या समेत गर्नु परेको हो ।

मृतकले जव आफ्नो नग्न तस्बिर उक्त नक्कली /झुटो केटीलाई पठाए पछि ५००० हजार डलर नपठाए परिवार र सामाजिक संजालमा सार्वजनिक गर्ने भने पछि उक्त बिपत आई लागेको हो ।

मृतककी आमाले उनका छोरालाई १० बजे शुभ रात्री भनेकी थिइन । तर बिहान २ बजेसम्म उनी नराम्रो फसेका थिए र ठगिएका थिए । रायनले आफ्नो र परिवारको लागि लज्जित भएको वर्णन गर्दै आत्महत्या टिप्पणी छोडेका थिए ।

प्रतिक्रिया