आइतबार, असार १२ २०७९
काठमाडौं २३:५४
वासिङटन डिसी 14:09

न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड

-सरगम भट्टराई २०७९ जेठ ७ गते १४:०४ मा प्रकाशित

संसारको आर्थिक राजधानी तथा पर्यटनको केन्द्र मानिने न्यू योर्कमा सन् २०१६ देखि हरेक बर्ष मे महिनाको तेश्रो आईतवार सम्पन्न हुने ‘नेपाल डे परेड यस बर्ष पनि आयोजना गरिने भएको छ। बिगत केही बर्षदेखि बिभिन्न संघ संस्थाहरुको सकृयता र संयोजनमा भईरहेको यो कार्यक्रम यस बर्ष भने ग़ैर आवासीय नेपालीहरुको साझा संस्था ‘एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टर’ ले संयोजन गर्न लागेको ग़ैर आवासीय नेपाली संघन्यूयोर्क च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पाले बताए।

भोलि मे २२ आईतवारका दिन म्यानह्याटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट बिहान ११ बजे परेड सुरु हुनेछ। परेडमा नेपालका बिभिन्नजात,जाति संस्था र समूदायका संस्कृति झल्काउने विभिन्न पोशाक, झाँकी तथा नृत्यहरु प्रदर्शन गरिने छ।

नेपाल डे परेड सफलतापूर्वक सम्पन्न गर्न न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावास लगायत धेरै संघ संस्थाहरुले सार्वजनिक आव्हान गरेकाछन्।

संसारकै पर्यटनको केन्द्र रहेको न्युयोर्कमा नेपाल र नेपालीको पहिचान झल्काउने यस परेडले नेपाललाई विश्व सामु चिनाउने विशेष भूमिका रहनेछ। कोभिड-१९ का कारणले सन् २०२० र २०२१ मा नेपाल डे परेड स्थगित भएको थियो। यस बर्ष भब्यताका साथ मनाउनका लागि सबै तयारी पूरा भएको आर्थिक विभागका संयोजक टक बहादुर रुवालीले बताए।

-सरगम भट्टराई

प्रतिक्रिया