शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकाको शिकागो शहरको एक म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार गरिएको छ भने २ जनाको मृत्यु भएको शिकागो प्रहरीले बताएका छन् ।
प्रहरीले गोली चलाएको अङ्कियदृश्य (भिडियो)मा देखिएका एक अभियुक्तलाई पक्राउ गरेको छ । शिकागोको उत्तर क्षेत्रमा भएको गोलीकाण्डमा संदिग्ध पक्राउ परेका छन् ।
बन्दुकधारीले भीडमा गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो । गत बिहीबार शिकागोको नर्थ साइड(उत्तर क्षेत्र)मा रहेको म्याकडोनाल्डको बाहिर एक अराजक दृश्यमा नौ जनालाई गोली हानिएको प्रहरीले बताए ।
राति करिब १०ः४१ बजे दुई समूहबीच झडप भएको थियो ।
सिकागोका प्रहरी उपरीक्षक डेभिड ब्राउनले शुक्रबार पत्रकार सम्मेलनमा पत्रकारहरुलाई एक व्यक्तिले भीडमा गोली चलाएको समाचार एबिसीन्यूजले लेखेको छ ।
झगडा के कारणबाट भएको थियो भन्ने प्रहरीलाई थाहा नभएको ब्राउनले भने। प्रहरीहरुले संदिग्धलाई पछ्याए र एक संदिग्धलाई गिरफ्तार गरेको बताए । घटनास्थलबाट एउटा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया