आइतबार, असार १२ २०७९
काठमाडौं २२:४३
वासिङटन डिसी 12:58

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु

इनेप्लिज २०७९ जेठ ७ गते ११:०६ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोरोनाबाट १ लाख ७ हजार ९ सय ५२ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ३०१ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक मे २१ का दिन न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।

संक्रमण दर ५३ % वृद्धि भएको छ भने अहिले सम्म कूल ८ करोड ३१ लाख ३० हजार सय ९ सय ५९ जना संक्रमित भएका छन् । गत २४ घन्टामा ९ लाख १५ हजार ५ सय ४६ कोरोना जाँच गराएका छन भने हाल अस्पतालमा २४ हजार ७७ जना भर्ना भएका छन् । अस्पताल भर्ना दर ३० % वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा २,५६७ जना भर्ना भएका छन् भने २४ % वृद्धि भएको छ ।

अमेरिकामा हाल सम्म कूल १० लाख ४ सय १० जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड ८ लाख ११ हजारले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७६.४ % र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९०.८ % पूर्ण खोप लगाई सकेका छन् ।

यसै गरि अभिवर्धक खुराक(बुस्टर डोज) १० करोड २५ लाख ९१ हजारले लिई सकेका छन् ।

सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २५ करोड ८० लाख पुगेको छ । न्यूयोर्क राज्यमा संक्रमणको संख्या बिगत महिना भन्दा दोब्बर भएको छ ।

अमेरिकाको ७ वटा राज्यहरुका संक्रमण संख्या दोब्बर भएको छ भने हवाई,मेन तथा पुर्टोरिकोमा पनि संक्रमण संख्या निकै बढेको छ ।

प्रतिक्रिया