आइतबार, असार १२ २०७९
काठमाडौं २३:१९
वासिङटन डिसी 13:34

अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते

इनेप्लिज २०७९ जेठ ७ गते १:५३ मा प्रकाशित

अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । मे २० शुक्रबारका दिन दिउँसो मिशिगनको उत्तरी तल्लो प्रायद्वीपमा रहेको गेलोर्ड शहरमा आएको घुम्र्पात (टोर्नेडो)ले एक व्यक्तिको मृत्यु भएको र ४३ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

मिशिगन प्राकृतिक संसाधन विभागका सहायक जिम गोर्नोले यस क्षेत्रको दृश्यलाई “विपत्तिजनक” भनी वर्णन गरे । उक्त आँधीको कारण सवारी साधन पल्टिएका छन् भने र संरचनाहरू ध्वस्त भएको उनले बताए ।

मुन्सन स्वास्थ्य केन्द्रका प्रवक्ता ब्रायन लसनले सीएनएनलाई बताए अनुसार २३ घाइते बिरामीहरूलाई ओट्सेगो मेमोरियल अस्पताल र १२ जनालाई ग्रेलिङ अस्पताल लगिएको छ

मुन्सन अस्पताल प्रणाली बाहिरका अन्य अस्पतालमा आठ जनाको उपचार गरिएको उनले बताए।

शहरमा निषेधाज्ञा लागेको अधिकारीहरूले बताए भनि सिएनएनले समाचार लेखेको छ । यो एक व्यस्त नगरको केन्द्र बिन्दु (डाउनटाउन )क्षेत्र हो । “हामीलाई यहाँ बानी छैन,” उनले भने। “हामीसँग देशका अन्य भागहरूमा जस्तै आपतकालीन संकेत आवाज (साइरन)हरू छैनन्।”

मिशिगन राज्य प्रहरीले सामाजिक संजाल ट्वीटर मार्फत रुख र बिजुली खम्बाहरूले सडक अवरुद्ध गर्दैछ। कैयौं घर तथा व्यवसायमा क्षति पुगेको उनले बताए ।

प्रतिक्रिया