आइतबार, असार १२ २०७९
काठमाडौं २३:४९
वासिङटन डिसी 14:04

ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे

इनेप्लिज २०७९ जेठ ७ गते १:२७ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल रुडी जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेटघाट गरेको सिएनएनले समाचार लेखेको छ ।

डेमोक्र्याटिक दलको तल्लो सदनले जनवरी ६ मा सदनमा भएको दङ्गा र बिद्रोहमा संलग्न भएकाहरुलाई दोषी ठहर भएमा जनताको समक्ष कठघरामा उभ्याउने प्रयत्न स्वरुप अन्तिम अवस्थामा रुडी जुलियानीसंग कुरा गर्ने क्रममा उनि संग ९ घण्टा भन्दा ज्यादा समय लागेको हो ।

जुलियानी २०२० को चुनावी नतिजालाई उल्टाउन उनले ईतिहास मै अधिवक्ताले नगर्ने काम गरे । उनि विभिन्न राज्यहरुको भ्रमण गरि चुनाव जितेका राष्ट्रपति जो बाइडेनलाई हराउन दैनिक २० हजार डलर पारिश्रमिक ट्रम्प अभियानसंग लिई बाइडेनलाई हराउन अन्तिम सम्म लागेका थिए ।

जनवरी ६ का दिन व्हाइट हाउसमा बिहान उत्तेजित भाषण समेत दिएका थिए । यिनले पनि ट्रम्पका समर्थकहरुलाई आगोमा घिउ हालेका थिए ।

न्यूयोर्क शहरका पूर्व नगर प्रमुख समेत रहेका जुलियानीले श्रवण तथा अङ्किय दृश्य ( अडियो र भिडियो )दुबैको साथ अन्तर्वार्ताको अभिलेखन( रेकर्ड) गर्न आग्रह गरेपछि समितिमा जुलियानीको मूल बयान स्थगित गरिएको थियो।

उनि मे २० का दिन उनि भौतिक रुपमा उपस्थिति नभई बिधुतिय प्रणाली(परोक्ष )को माध्यमबाट भेट गरेको सिएनएनमा समाचार छ ।

प्रतिक्रिया