गायक तथा संगीतकार हरिश माथेमाको ”सानी मेरो नाम”को गीत सार्वजनिक भएको छ । यस गीतको शब्द गायक माथेमाले स्वयम दिएका हुन् भने गीतलाई अनुपमा प्रधानले गाएकी छिन ।
नृत्य निर्देशन कलम राईको रहेको छ भने कलाकारमा मुख्य पात्रमा साक्षी लम्साल रहेको छ ।
गीतको प्रबन्ध दिभेश मुल्मीले गरेका छन् छायाङ्कन अभेश बज्राचार्यको रहेको छ । गीतको निर्देशन अमृत सुनुवारले गरेका छन् ।
गीत सार्वजनिक भए पछि गायक माथेमाले सबै टोलीलाई धन्यबाद दिएका छन् । गीत ओएसआर डिजिटलले ल्याएको हो ।
प्रतिक्रिया