भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ गरिएको छ । भर्जिनियाकी फेयरफ्याक्स काउन्टीकी महिला शिक्षकलाई सामाजिक संजाल स्नैपच्याट खातामा बाल अश्लील राखेको आरोप लगाइएको छ ।
फेयरफ्याक्स काउन्टी माध्यमिक विद्यालयका शिक्षिकालाई बाल अश्लिल ( पोर्नोग्राफी )राख्ने सम्बन्धमा दुईवटा जघन्य अपराधको आरोपमा पक्राउ गरिएको फेयरफ्याक्स काउन्टी प्रहरीले बताए ।
स्प्रिंगफिल्डको अरभिङ माध्यमिक बिद्यालय ( मिडिल स्कूल)की शिक्षिका २८ वर्षीया क्रिस्टिन निज्नरलाई उनको स्न्यापच्याट खातामा बाल यौन दुर्व्यवहार सामग्री राखेको आरोप लगाइएको छ।
मंगलबार सुरु भएको अनुसन्धानमा जासूसहरूले फेयरफ्याक्स काउन्टीको आईपी(आन्तरिक मूललिपि ठेगाना ) ठेगाना सँग सम्बन्धित स्न्यापच्याट खाता भएको व्यक्तिसँग त्यस्तो सामग्री पाइएको जनाएका छन् ।
जासूसहरुले स्प्रिंगफील्डको ६८०० भवनको निजनरको आवासगृहमा उक्त महिला भएको प्रहरीले बताए ।
उनलाई बाल अश्लिलको स्वामित्वको दुईवटा गणनाको आरोप लगाइएको छ भने उनलाई वयस्क कारगारमा थुनामा राखिएको छ ।
उनलाई २००० डलरको असुरक्षित धरौटीमा रिहा गरिएको छ । अरभिङ माध्यमिक बिद्यालयमा पढाउनुअघि उनी फ्रान्कोनियाको की मिडल स्कूल(माध्यमिक बिद्यालय )मा शिक्षिका थिइन् भनि एबिसी७ न्युजले समाचार लेखेको छ ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया