आइतबार, असार १२ २०७९
काठमाडौं २२:१४
वासिङटन डिसी 12:29

सुस्मिताको बुवा र आमालाई खुलापत्र

नबिन बि.क. चीन, (हाल अमेरिका) २०७९ जेठ ६ गते ०:५६ मा प्रकाशित

नमस्कार!

तपाईहरुको आरामै र सकुशलको कामनाको साथसाथै हजुरहरुको प्यारी छोरी माथी परेको बज्रपातलाई तपाईको परिवारले सहनसक्ने र यस घटनालाई पचाउन सक्ने र यसघटनालाई सेफल्यान्डीङ गर्नसक्ने शक्ति प्रदान गरुन भनेर म भगवान श्री पशुपतिनाथ संग प्राथना गर्दछु। मैले सुस्मिता बैनीको टिकटोकमा भिडियो हेरपछि मेरो रौंहरु ठाडा भए, उनको बेदना र आँसुले म जस्ता हजारौ लाखौ छोरीका पिताहरु, बैनीका दाजुहरु र दिदीका भाईहरुको पनि आत्मा रोएको छ। उनले टिकटोकमा बनाएको केहि मिनेटको भिडियोले हामी पुर्ण रुपमा हल्लिएका छौ, हाम्रो मन र मस्तिष्कमा हजारौ ज्वारभाटाहरु गएका छन भने बिगत ८ बर्ष देखी सुस्मिताले आफैले भोगेका ति काला रातहरु, कहाली लाग्दा घटनाहरु र ति मानबरुपी दानबहरुले उनलाई बारम्बार यौन शिकार बनाएर लुछेको घटनाकी पिडितले कसरी झेलीन होला भनेर म कल्पना सम्म पनि गर्न सक्दिन।

तपाईहरुले बहादुर छोरी पाउनु भएको रहिछ, आफु माथी भएको तेत्रो अत्याचार ८ बर्ष पछि भए पनि एक्लै लडने साहस गरेकी छन। पुरुषबादी समाजमा जहा महिलाहरु यस्तो घटना र अत्याचार बिरुद्द मुख खोल्नुभन्दा बरु मृत्यु रोज्ने देशको महिलाहरुको बिचमा उभिएर बोल्ने साहस गरेकी छन,तपाईकी छोरीले गर्दा हाम्रा चेलीबेटी र छोरीररु आईन्दा उनको जस्तै नियति भोग्न नपरोस भनेर उनले जुन लड्ने साहस गरेकी छन , त्यो साहसको म यहा शब्दले बर्णन गर्न सक्दिन। उनले चाहेको भए यो घटनालाई गुपचुप राखेर आफु कथित ईज्जतिलो जीबन बाँच्न सक्थिन तर उनले आफ्नो प्रवाह नगरी यो समाजका अरु आफुजस्तै चेलीहरुलाई बचाउने प्रयास गरेकी छन, उनी धन्यबादकी पात्र छिन।

आँचीमा खसेको औठी वा सिक्री भनेर त्यतिकै फ्लस गर्नु हुन्छकी त्यसलाई निकालेर साबुनले धोएर फेरी लाउनु हुन्छ? जाबो १-२ लाखको सुनको औठी वा सिक्रीको त त्यति माया लागेर फाल्न सकिदैन भने आफ्नो सन्तान जो त्यो गहना भन्दा कयौगुना अमुल्य हुन्छन, कसरी फाल्न सक्छौ?

सुस्मिताको भिडीयो हेरेर , उनीमाथी भएको अत्याचार सुनेर तपाईहरुलाई कति पोल्यो होला, कति मन रोयो होला,कति रिस उठ्योहोला? हामीलाई त कस्तो भएको छ, झन तपाईहरुको त आफ्नै खुन, मुटुको टुक्रा, म त कल्पना पनि गर्न सक्दिन। तपाईहरु सबै भन्दा पहिला आफै सम्हालिनुस र सुस्मितालाई पनि सम्हाल्नुस। उनलाई हामीहरुको भन्दा पनि तपाईहरुको साथ र सपोर्टको खाँचो छ।उनलाई तपाईहरुको मोरल सपोर्टको जरुरी छ। सु्स्मिताले कुनै गलत कदम उठाउनु भन्दा पहिला तपाईहरुले सहि कदम उठाउन नचुक्नु होला।तपाईहरुलाई लाग्ला उनले तपाईहरुको ईज्जत फालिन, समाजमा मुख देखाउन नहुनी बनाईन भनेर तर त्यो सब मिथ्या हो, तपाईहरुको भ्रम हो, ईज्जत र प्रतिष्ठा छोरीको टाङामुनि मात्रै कदापी हुदैन।

नेपालकै चर्चित नायिका नम्रता श्रेष्ठ पनि कुनै बेला यस्तै अकल्पनिय र कहालीलाग्दो घटना बाट गुज्रेएकी थिईन, उनको त पुरै भिडियो अझै पनि पोर्न बेबसाईटहरुमा हेर्न सकिन्छ तर पनि उनी बाँचेकी छन, उनको फिलिम र म्युजिक भिडियो पनि उत्तिकै चलेको छ। नम्रताको बाउ आमाले उनलाई आँखा चिम्लेर माया गरे, सपोर्ट गरे र आज फेरी उनी यो समाज र ईन्डष्ट्रिजमा टिकेकी छन।उनको बाउआमाको सपोर्ट नै नम्रताको लागी संजीबनी बुटी भएर काम गर्यो। भारतकी सन्नी लियोनी हेरनुस त, गुगलमा गएर उनको नाम सर्चगर्नुस त, सयौ नांगा कामसुत्रका भिडीयोहरु छ्याप छ्यापती छन, तर उनले भारत जस्तो रुढीबादी देशमा कुनै बेला एकक्षत्र राज गरीन, उत्तिकै सम्मान पाईन, उनी अहिले पनि छाति चौडा गरेर शिर उठाएर ईजज्त संग बाँचेकी छिन। पश्चिमा देशको हिरोईनहरुको त म यही कुनै कुरा गर्न चाहिन। यो सब धेरै सामान्य कुरा भैसकेको छ। तर सुस्मिताले जानेर बुझेर त्यस्तो केही गरेकी छैनन, उनलाई शिकार बनाईएको थियो, परिबन्धमा पारेर, डर, धम्की र धोखाले उनको अस्मिता लुटिएको थिए। त्यसैले मैले भनेको ईजज्त र प्रतिष्ठा टाँङ मुनि मात्रै हुदैन। त्यसैले कृपया उनको साथ नछोडीदिनु होला, आज तपाईहरु मात्रै एक्लै हुनुहुन्न, सारा दुनियाँ सुस्मिता र तपाईहरुको परिवारको साथमा छ। एक चोटी गुहार मात्रै भन्नुस हामी तन मन धनले तपाईहरुलाई सपोर्ट गर्ने छौ।

उनलाई हामीहरुको भन्दा पनि तपाईहरुको साथ र सपोर्टको खाँचो छ।उनलाई तपाईहरुको मोरल सपोर्टको जरुरी छ। सु्स्मिताले कुनै गलत कदम उठाउनु भन्दा पहिला तपाईहरुले सहि कदम उठाउन नचुक्नु होला

सुस्मिताले उल्लेख गरेका पात्रहरुको घरमा सबैले थाहा पाएका छन, उनको बाउ आमाले, सासु ससुराले, श्रीमतीले त उहिल्यै थाहा पाएकी रहिछन तर उनीहरु त शान संग हिडीरहेका छन। उनीहरुको त ई्ज्जत घटेको छैन तर किन तपाईहरु चै आफु बदनाम भएको महसुस गर्नुहुन्छ? कृष्ण बहादुर महरा हेर्नुस त ससम्मान राजनितिमा फर्किएका छन।उनले पनि त रोशनी कान्ड घटाएका थिए । यो संसारमा यस्ता घटनाहरु घटिरहन्छन, दुईचार दिन साबुनको फिज झै फुलेर ठुला हुन्छन र केही समय पछि साम्य हुन्छन। त्यसैले यो घटनालाई धेरै चाहिदो भन्दा बढी मनमा लिएर बढी टेन्सन नलिनुहोला बरु कसरी हुन्छ ती अपराधीहरुलाई कानुनको कठघरामा उभ्याएर सजाय दिलाउने तिर लाग्नुहोला।

नम्रताको बाउ आमाले उनलाई आँखा चिम्लेर माया गरे, सपोर्ट गरे र आज फेरी उनी यो समाज र ईन्डष्ट्रिजमा टिकेकी छन।उनको बाउआमाको सपोर्ट नै नम्रताको लागी संजीबनी बुटी भएर काम गर्यो।

सन्तानको मायाको बारेमा धेरै सुनेको पनि थिए र देखेको पनि थिए तर आफु पनि पिता भएसी प्रत्यक्ष महसुस भयो। आज भन्दा करिब ३०-३५ बर्ष पहिला मेरो गाउँमा एकजना दिदी थिईन, उनी १५-१६ बर्षकी हुदा गाँउबाट हराईछन, बर्षौ पछि थाहा भयौ उनलाई बम्बईको कोठामा लगेर बेचिएको रहिछ, पछि परिवारले थाहा पाएर उनका बाउले १० गठ्ठा खेत बेचेर बम्बई गएर धेरै दुख र हन्डर खाएर छोरी फिर्ता लिएर आएका थिए, पछि ति दिदीको बिहे पनि पनि भयो, अहिले घरगृस्थी राम्रै चलेको छ। छोरी प्रतिको त्यो माया देखेर ति स्वर्गिय ठुलाबा प्रति अझै पनि श्रदाले शिर निहुरिन्छ। सन्तान कालो होस वा गोरो, अग्लो होस वा होचो, बाठो होस वा लाटो , बदमास होस वा सज्जन आमाबाबु संगको सम्बन्ध सधै पबित्र र गहिरो हुन्छ।

ईजज्त र प्रतिष्ठा टाँङ मुनि मात्रै हुदैन। त्यसैले कृपया उनको साथ नछोडीदिनु होला, आज तपाईहरु मात्रै एक्लै हुनुहुन्न, सारा दुनियाँ सुस्मिता र तपाईहरुको परिवारको साथमा छ। एक चोटी गुहार मात्रै भन्नुस हामी तन मन धनले तपाईहरुलाई सपोर्ट गर्ने छौ।

हजुरहरुको छोरी सुपर ट्यालेन्ट र फुल अफ कन्फिडेन्टले भरिएकी छन।उनी हिरा हुन, एक दिन कोहिनुर झै चम्किने छन। अंग्रेजी त गोरेले जस्तै गरेर बोल्दी रहिछन, बोल्ने कला र शैली पनि तगडा रहिछ।उनले काउन्सेलिङ साईक्लोजीमा मास्टर्स गर्दै रहिछन र एकदिन देशका कहलिएको काउन्सेलिङ साईकोलोजिष्टको रुपमा आफुलाई उभ्याउन चाहन्छिन। यो सब हुदा पनि उनले त्यति राम्रो संग कसरी पढिछन भनेर म दंग परेको छु। तपाईले लाएको सुनको औठी वा सिक्री झुक्किएर ट्वाईलेटमा खस्यो भनी, छि आँचीमा खसेको औठी वा सिक्री भनेर त्यतिकै फ्लस गर्नु हुन्छकी त्यसलाई निकालेर साबुनले धोएर फेरी लाउनु हुन्छ?

जाबो १-२ लाखको सुनको औठी वा सिक्रीको त त्यति माया लागेर फाल्न सकिदैन भने आफ्नो सन्तान जो त्यो गहना भन्दा कयौगुना अमुल्य हुन्छन, कसरी फाल्न सक्छौ? सुस्मितालाई पनि परिवारको माया, भरोसा र हौसलाले धोएर बिश्वासको मलमपट्टी गर्नुहोला। बिश्वास गर्नुस एक दिन उनले तपाईहरुलाई गर्व महसुस गराउने छिन। प्लिज……सुस्मिताको साथ नछोडनुहोला, आफ्नो ईगो र ईज्जतलाई एक छिन टाढा राखेर एक चोटी मज्जाले अंगालोमा कसेर, कस्तो छ मेरी छोरी तलाई ? त एक्लै छैनस नानी हामी छौ तेरो साथमा भनेर उसलाई एकचोटी तपाईहरुको न्यानो अंगालोमा रुने मौका दिनुहोला, यस्ले सुस्मितालाई अमृतको काम गर्नेछ, थकित र बिक्षिप्त उनलाई पुन उर्जा र हौसला दिनेछ, बाच्ने एउटा आधार दिनेछ…।

उहि तपाईहरुको सुभ चिन्तक
नबिन बि.क. चीन, (हाल अमेरिका)
एशिया प्यासिफिक उप-संयोजक
एनआरएनए , केन्द्रिय समिती

प्रतिक्रिया