आइतबार, असार १२ २०७९
काठमाडौं २२:५८
वासिङटन डिसी 13:13

शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न

लक्ष्मण न्यौपाने २०७९ जेठ ५ गते २३:५२ मा प्रकाशित

मे १७ का दिन शिकागो ल्यान्ड इन्टरटेनमेन्ट क्लबको आयोजनामा गायक प्रकाश सपूतको सांगितिक साँझ भब्यताको साथ सम्पन्न भएको छ । हाल अमेरिकाका बिभिन्न शहरहरूमा सांगितिक यात्रामा रहेका नेपाली जन जीवनका पीर ब्यथाहरुलाई ,जीवनका भोगाई अनि समकालीन परिस्थितिमा यथार्थ सामाजिक चित्रण गर्दै आफ़्नो गीत संगीतमा पृथक पहिचान बनाएका चर्चित गायक प्रकाश सपूतले बेजोड़ प्रस्तुति गरेका थिए ।

अनी केही स्थानीय कलाकारको बिशेष प्रस्तुति सहित बिशेष सांगितिक साँझ सम्पन्न भएको छ ।

जन्म भूमि संग जोड़ीने धेरै मध्यम छन त्यस मध्य एक बलियो मध्यम गीत संगीत हो । यसैले पनी प्रवासमा नेपाली कलाकारहरूको उच्च सम्मान रहेको पाइन्छ । कहिले आफ्ना मार्मिक भाकाले दर्शकलाई रुवाँउदै त कहिले छमछमि नचाउदै सपूत क़रीब क़रीब अमेरिकाका हरेक शहर घूमीसकेका छन ।

शिकागोमा पनि उनको तिम्रो माया ले पीर दियों गीत देखी गलबन्दी च्यातियों ,डांडा घरे साईला जस्ता अहिलेका बहु चर्चित गीति कोशेलीहरुमा सहभागी दर्शकहरु उल्लासका साथ नाचेसंगै क़रीब ३०० जनाको कार्यक्रममा उपस्थिति रहेको आयोजकले बताए ।

कार्यक्रम बिजेन्द्र बिक्रम राणाले संचालन गरेका थिए भने लक्ष्मण न्यौपानेको कार्यक्रममा स्वागत मन्तब्य राखेका थिए । स्थानीय गायक लक्ष्मण बयलकोटि र रजिनाको बेजेड प्रस्तुति अनी इच्छा श्रेष्ठको बेजोड़ नृत्य रहेको थियो ।

प्रतिक्रिया