युक्रेनमा रुसी आक्रमण सुरु भएयता अमेरिकी शीर्ष सेनाध्यक्षले पहिलो पटक रुसी समकक्षीसँग वार्ता गरेका छन ।
ज्वाइन्ट चीफ अफ स्टाफ(सयुक्त सेनाका प्रमुख ) मार्क मिलेले आफ्ना रुसी समकक्षी सेनाध्यक्ष भ्यालेरी गेरासिमोभसँग बिहीबार दूरवार्ता गरे ।
फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेपछि दुई नेताबीचको यो पहिलो वार्ता हो। सैनिक नेताहरूले सुरक्षा सम्बन्धी धेरै चासोका मुद्दाहरूमा छलफल गरे र दूरसंचार सेवाहरू खुला राख्न सहमत भएका छन् ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि पहिलो पटक आफ्ना रूसी समकक्षी रक्षामन्त्री सर्गेई शोइगुसँग कुरा गरेको ६ दिनपछि आएको हो।
अस्टिन र शोइगु बीचको कुराकानी करिब एक घण्टा चलेको थियो। अस्टिनले सोइगुलाई युक्रेनमा “तत्काल युद्धविराम” लागू गर्न आग्रह गर्न दूरभाष (कल)गरेका थिए । रुसले युक्रेनमा आक्रमण सुरु गर्नुअघि फेब्रुअरी १८ मा यी दुईबीच अन्तिम पटक कुराकानी भएको थियो भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया