मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
विश्वव्यापी छात्रवृत्ति कोष समेत निर्माण गरिने
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार(सानो सवारी साधन) १४२ मिलियन डलरमा बेचेको छ ।
मर्सिडीज-बेन्जले हालै विश्वको सबैभन्दा महँगो कार बेचेको बिहीबार पुष्टि गरेको छ ।
जर्मन गाडी निर्माता (अटोमेकर)को सङ्कलनमा राखिएको एउटा अत्यन्तै दुर्लभ १९५५ मर्सिडीज-बेन्ज एसएलआर कूप एक निजी मालिकलाई €१३५ मिलियनमा बेचिएको थियो । जसको मूल्य १४२ मिलियन डलर बराबर थियो।
हेगर्टी बिमा प्रतिष्ठानका अनुसार उक्त मूल्य अहिलेसम्म बेचेको सबैभन्दा महँगो सवारी साधन (कार )भएको समाचार सिएनएनले प्रकाशित गरेको छ ।
बिक्रीबाट प्राप्त पैसाले मर्सिडीज-बेन्ज कोष स्थापना गर्न प्रयोग गरिने छ । साथै एक विश्वव्यापी छात्रवृत्ति कोष समेत निर्माण गरिने मर्सिडीजले घोषणा गरेको छ ।
यस अगाडी सवारी साधन (कार)को लागि अघिल्लो किर्तिमान बिक्री मूल्य ७० मिलियन डलर १९६३ फेरारी २५० जिटिओ को लागि २०१८ मा भुक्तानी गरिएको थियो।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया