न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्नको लागि सदनले विधेयक पारित गरेको छ ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले गत बुधवार घरेलु आतंकवादलाई रोक्न र स्वेत सर्वोच्चतावादीहरूको हिंसक अतिवादको खतरालाई रोक्ने उद्देश्यले विधेयक पारित गर्न २२२-२०३ मतदान गरेको छ ।
यो मतदान न्युयोर्कको बफेलोमा रहेको अस्वेत छिमेकमा रहेको एक किरानापसल (बिशाल बजार)मा सप्ताहन्तमा भएको भयानक सामूहिक गोलीबारी पछि आएको हो ।
उक्त गोलीकाण्डमा १० व्यक्तिको ज्यान गएको र तीन जना घाइते भएका थिए। न्याय विभागले गोलीबारीलाई घृणित अपराध र “जातीय रूपमा प्रेरित हिंसात्मक अतिवादको कार्य” भनेर अनुसन्धान गरिरहेको छ।
पारित गरिएको विधेयक २०२२ को घरेलु आतंकवाद रोकथाम ऐन अब छलफल र विचारको लागि सिनेटमा जानेछ । सिनेटमा यो बिधेयक अनिश्चित छ भनि सिएनएनले उल्लेख गरेको छ ।
सिनेट बहुमत नेता चक शूमरले गत बुधवार पत्रकारहरूलाई उनले अर्को हप्ता बिधेयकमा मतदान गर्न बाध्य पार्न प्रक्रियागत कदमहरू चाल्ने योजना बनाएको बताए । जसमा ६० मतहरू आवश्यक पर्दछ।
बफेलोमा भएको त्रासदीको कारणले गर्दा सांसदहरू कारबाही गर्न दबाबमा छन् ।
यद्यपि डेमोक्र्याटहरूलको तल्लो सदन र सिनेटलाई नियन्त्रण छ तर यसमा ६० मत ल्याउनु पर्ने हुन्छ । अधिकांश रिपब्लिकनहरू कुनै पनि प्रकारको बन्दुक नियन्त्रण बिधेयकहरूको दृढताका साथ विरोध गर्छन र विपक्षमा मतदान गर्छन
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया