सोमबार, असार १३ २०७९
काठमाडौं ००:००
वासिङटन डिसी 14:15

बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान

इनेप्लिज २०७९ जेठ ४ गते २३:३४ मा प्रकाशित

राष्ट्रपति जो बाइडेनलर अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान गरेका छन् । बाइडेनले अन्य कार्यहरू बीचमा शिशु विधि (फर्मुला )अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान गरेका हुन् ।

राष्ट्रपति जो बाइडेनले बुधबार घोषणा गर्दै उनको प्रशासनले संयुक्त राज्य अमेरिकामा जारी शिशु विधि (फर्मुला)अभावलाई कम गर्न प्रयास गर्न नयाँ काम गर्ने र रक्षा उत्पादन ऐन लागू गर्ने जनाएका छन् ।

ऐनको आह्वानले सरकारलाई आपतकालिन अवस्थामा औद्योगिक उत्पादनमा थप नियन्त्रण गर्न अनुमति दिन्छ । साथै शिशु आहार बिधिका सामग्रीहरूको आपूर्तिकर्ताहरूलाई नियम(फर्मुला)का निर्माताहरूलाई आपूर्तिलाई प्राथमिकता दिन निर्देशन दिन्छ ।

राष्ट्रपति बाइडेनले अपरेसन फ्लाई फर्मुला सिर्जना गर्ने घोषणा पनि गरे, जसले स्वास्थ्य र मानव सेवा विभाग र कृषि विभागलाई विदेशबाट फर्मुला (शिशु आहार बिधि )आयात गर्न रक्षा विभागको व्यावसायिक विमानहरू प्रयोग गर्न समेत निर्देशन दिन्छ।

बाइडेनले आफ्नो टोलीलाई “यहाँ पर्याप्त सुरक्षित शिशुको बिधि आहार छ भनेर सुनिश्चित गर्न सम्भव सबै गर्न र यो सबैभन्दा धेरै आवश्यक पर्ने परिवारहरूमा छिटो पुग्ने निर्देशन दिए । यो मेरो शीर्ष प्राथमिकताहरू मध्ये एक हो ,उनले भने ।

अमेरिकी खाद्य र औषधि प्रशासन(एफडिए)को मापदण्डहरू पूरा गर्ने विदेशी शिशु आहार उत्पादनहरू अमेरिकामा ढुवानी गर्न रक्षा विभागले व्यावसायिक पोतभार(कार्गो )सँगको सम्झौताहरू प्रयोग गर्ने व्हाइट हाउसले जनाएको छ भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया