आइतबार, असार १२ २०७९
काठमाडौं २३:२३
वासिङटन डिसी 13:38

अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने

इनेप्लिज २०७९ जेठ ४ गते १६:५६ मा प्रकाशित

अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने सहमत भएको छ ।

अमेरिकी फुवल संघ , अमेरिकी महिला राष्ट्रिय टोली खेलाडी संघ र अमेरिकी राष्ट्रिय फुटबल टोली खेलाडी संघले “समान पारिश्रमिक प्राप्त गर्ने र अगाडि बढने सम्झौतामा सहमति जनाएका छन्।

सम्झौता अन्तर्गत, “विश्व भकुण्डो प्रतियोगितामा भाग लिने टोलीहरूलाई प्रदान गरिने फिफा विश्वकप पुरस्कार राशि बराबर गर्ने विश्वको पहिलो महासंघ” हुनेछ।

“यो वास्तवमै ऐतिहासिक क्षण हो,” अमेरिकी भकुण्डो टोलीका अध्यक्ष सिन्डी पार्लो कोनले बुधबार एक विज्ञप्तिमा भने।

“यी सम्झौताहरूले यहाँ अमेरिकामा खेललाई सधैंको लागि परिवर्तन गरेको छ र विश्वभर खेल परिवर्तन गर्ने क्षमता छ।” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया