आइतबार, असार १२ २०७९
काठमाडौं २२:२६
वासिङटन डिसी 12:41

अमेरिकाको युटहको एक उद्यानमा बालुवाको ढिस्कोमा पुरिएर १२ वर्षीय बालकको मृत्यु

इनेप्लिज २०७९ जेठ ४ गते १:११ मा प्रकाशित

अमेरिकाको युटहको एक उद्यानमा बालुवाको ढिस्कोमा पुरिएर बालकको मृत्यु भएको छ ।

युटह राज्यको एक राष्ट्रिय उद्यानमा एक १२ वर्षीय किशोर पुरिएको कारण उनको चोटबाट एक दिन पछि मृत्यु भएको छ । बालुवाको ढिस्को खन्ने क्रममा भत्किएर उनि पुरिएका अधिकारीहरूले गत सोमबार भने।

बालकले दक्षिणी युटहको कोरल पिंक स्यान्ड ड्युन्स स्टेट पार्क( राज्य उद्यान)को बालुवाको ढिस्कोमा सुरुङ खन्ने क्रममा शनिबार साँझ उनीमाथि खसेको उद्यान वनपालेहरूले बताए।

परिवारका एक सदस्यले अधिकारीहरूलाई उनि पुरिएको जानकारी गराएका थिए । वनपालेहरुले बालकलाई साढे ६ फिट बालुवा भएको ढिस्कोबाट बाहिर निकालेका थिए ।

वनपालेहरू र केन काउन्टी शेरिफका प्रतिनिधिहरूले उसलाई उद्धार गरेपछि उनको जीवित तै फेला पारेका थिए । उनलाई श्वास प्रश्वास ( सीपीआर)दिए पछि सेन्ट जर्ज अस्पताल र त्यसपछि साल्ट लेक सिटी शहरको प्राथमिक बाल अस्पतालमा लगियो।

उनको मस्तिष्क गतिविधि पुन: प्राप्त नभएपछि आइतवार उनको मृत्यु भएको राज्य उद्यान विभागको उटाह शाखाले जनाएको छ ।

इयान स्पेन्डलभ नामका बालक उक्त उद्यानबाट करिब ६५ माइल (१०५ किलोमिटर) टाढा रहेको सानो शहर सान्टा क्लाराका भएको अधिकारीहरूले सोमबार भने। प्रहरीहरुले ढिस्को भत्किएको अनुसन्धान जारी राखेका छन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया