युक्रेनले रुसी युद्धबन्दी आदानप्रदान गर्ने

इनेप्लिज २०७९ जेठ ३ गते ११:२८ मा प्रकाशित

युक्रेनले रुसी युद्धबन्दीहरुलाई आदानप्रदान गर्ने भएको छ । युक्रेनले मेरिउपोलको एजोभस्टल स्पात कारखानामा घाइते सैनिकहरुलाई निकाल्न दिए पछि रुसका सैनिकहरुलाई पनि आदान प्रदान गरिने बताएको छ ।

युक्रेनले सोमबार साँझ मेरिउपोलको एजोभस्टल कारखानाभाट निकालिएका गम्भीर घाइते सैनिकहरूका लागि रूसी युद्धबन्दीहरूको आदानप्रदान गर्ने अपेक्षा गरेको युक्रेनका उपप्रधानमन्त्रीले बताए ।

“जीवन बचाउने हितमा, हाम्रा ५२ जना गम्भीर घाइते सैनिकहरूलाई हिजो निकालिएको थियो। तिनीहरूको अवस्था स्थिर भएपछि, हामी तिनीहरूलाई रूसी युद्धबन्दीहरूलाई साटासाट गर्नेछौं,” इरिना भेरेश्चुकले मंगलबार भनिन्।

“हामी मानवीय कारवाईको अर्को चरणमा काम गरिरहेका छौं,” भेरेशचुकले थपिन ।

प्रतिक्रिया