भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा पुरुष तथा महिलाको मृत्यु भएको फेयरफ्याक्स प्रहरी बिभागले जनाएको छ । प्रहरीका अनुसार यो घटना संदिग्ध हत्या र त्यस पछि आत्महत्या भएको हुन् सक्ने बताए ।
जासूसहरूले दिएको जानकारी अनुसार फेयरफ्याक्स काउन्टीको घरमा आफ्नी श्रीमतीलाई गोली हाने पछि आफै आफैलाई गोली हानेको विश्वास गरेका छन् ।
गत शनिबार मृत अवस्थामा फेला परेका दुई व्यक्ति हत्या-आत्महत्यामा मृत्यु भएका दम्पती हुन् भन्ने विश्वास गरिएको छ, अधिकारीहरूले भने।
अधिकारीहरूलाई दिउँसो २:३५ बजे कसैले उक्त घरमा जाँच गर्नको लागि दूरभाष (फोन )गरेका थिए । फेयरफ्याक्स काउन्टी प्रहरीहरु गत मे १४ मा स्टालवर्थ कोर्ट नामक मार्गको १०४०० घरमा गएका थिए । उक्त घर जर्ज मेसन विश्वविद्यालयको क्षेत्रमा छ।
प्रहरीका अनुसार घरमा पुगे पछि त्यहाँ ७६ बर्षिय महिला मेडलिन ब्रेगम्यान र ७७ बर्षिय पुरुष माइकल ब्रेगम्यान घरभित्रै बन्दुकको गोली लागेर चोट लागेको अवस्थमामा फेला परेका थिए । दुवैलाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।
प्रहरीहरुले त्यहा धेरै गोलीका खोल हरु र बन्दुक घर भित्र फेला पारेका थिए । मृतक माइकल ब्रेगम्यान १९८० को दशकमा १९९० को शुरुवात सम्म वाशिंगटन क्षेत्र कार्यालयमा मदिरा, तंबाकू, बन्दुक र विस्फोटक विशेष गुप्तचर विभागका कर्मचारी थिए भनि एनबिसी वाशिंगटनले समाचारमा उल्लेख गरेको छ
सेवानिवृत्त भएपछि उनले सुरक्षा सल्लाहकारको रूपमा उनि काम गर्थे ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया