कृति चर्चा

समाचारदाता २०७९ जेठ ३ गते २:१७ मा प्रकाशित

अनेसासको केन्द्रिय कार्यसमितिले गर्दै आएको शब्द सारथिको चौधौँ श्रृङ्खला अन्तर्गत मे १५ आइतबार जुमको माध्यामबाट अनेसास सचिव तथा लामो समयदेखि नेपाली साहित्य सेवामा समर्पित विमला ढुंगाना निरौलाका हालै प्रकाशित दुई कृतिका बारेमा छलफल गरिएको छ । केही समय अगाडी नेपालमा नै लोकार्पण भैसकेको उक्त पुस्तक माथि विभिन्न साहित्यकार र समालोचक द्वारा चर्चा-परिचर्चा भएको थियो ।

वरिष्ठ साहित्यकार सरूभक्तको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले कृतिको बारेमा बिचार राखेका छन् ।अनेसास बिओटी सभापति गिता खत्रीले बालसहित्य मात्र नभएर विमलाढुंगाना निरौलाको अरू साहित्यका साथै संगठनात्मक कलामा पनि राम्रो दखल भएको भन्दै चर्चा गर्नुका साथै शुभकामना ब्यक्तगरेकी थिईन् ।

कार्यक्रममा ‘काव्य- पराग’ मुक्तक संग्रह कृतिका बारेमा तीर्थराज अधिकारीले कृतिको समिक्षा गरे भने शकुन्तला ज्ञवालीले कृतिबाट मुक्तक वाचन गरिन् ।

 

‘ओथारो बसेको सपनाहरू’ कविता कृतिका बारेमा बरिष्ठ साहित्यकार भारती गौतमले आफुले पाण्डुलिपी पढ्न पाउंदा र पुस्तकमा नै शुभकामना दिन पाएको खुसी लागेको बताईन् भने, विमलाका कविता बिम्बमा सृजना भएका र बिबिध पक्ष ओकटेको पाईएको बताईन् । साहित्यकार भारती गौतमको भनाइमा ओथारो बसेको कविता संग्रह भित्रका कविताहरूमा प्रकृति, प्रेम, नारी भावना, चिन्तन र यथार्थको प्रस्तुति भएको र आम भावनाको बोलेको प्रतिनिधी कविता झैं रहेको भनि कविताका हरफहरू का साथ शुभकामना र विचार राखेकी थिईन्। अर्का बरिष्ठ साहित्यकार गोबिन्द गिरी प्रेरणाले पुस्तकको सकारात्मक मात्र हैन तृटि र सुधारका कुरा पनि भन्नु पर्ने हुन्छ भन्दै समीक्षात्मक धारणा राखे भने दीपा राई पुन, गोमा न्यौपाने,पुष्पा खनाल, राजेन्द्र श्रेष्ठलगायतले सङग्रहमा संगृहीत कविता वाचन गरे ।

प्रमुख अतिथि सरूभक्तले विमलाको कृतिबारे बोल्दै सर्जक अघिअघि हिड्ने र समालोचक पछिपछि आउने विचार राखे । उनले थपे- प्रवासमा बसेर सिर्जना गर्नु ठूलो तपस्या रहेको बताउदै विमलाको लेखनको प्रशंसा गरे ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेसास केन्द्रिय वरिष्ठ उपाघ्यक्ष गोवर्द्धन पूजाले उत्कृष्ठ संचालन गरेका थिय । उक्त कार्यक्रममा अनेसास बिओटी सल्लाहाकार रोहणी शर्मा, साहित्यकार गंगा लिगल, अनेसास महिला समिति संयोजक उर्मिला निर्दोषीले शुभकामना व्यक्त गरेका थिय । अनेसास आजिवन सदस्यहरू, पोखराबाट साहित्यकार अम्बिका भण्डारी र काठमाण्डौंबाट उर्मिला सुवेदी , क्यान्सस च्याप्टर अघ्यक्ष कमला न्यौपानेको पनि सहभागिता रहेको थियो । करिव तीन घण्टा संचालन भएको उक्त भव्य कार्यक्रमलाई बिभिन्न संचार माध्ययमहरूले प्रतक्ष प्रसारण गरेका थिय । सर्जकलाई धेरै धेरै बधाई !

 

प्रतिक्रिया