मोरङको रंगेलीमा मतगणना सुचारु

इनेप्लिज २०७९ जेठ २ गते २२:२० मा प्रकाशित

विराटनगर, २ जेठ।गत वैशाख ३० गते सम्पत्र स्थानीय तहको निर्वाचन पछि मोरङ रंगेली नगरपालिकामा स्थगन भएको मतगणना अहिले देखि शुरु भएको छ ।

रंगेली नगरपालिका वडा नं ८ बाट आएको मतपेटिकामा लाहाछाप नभएको कारण नेपाली कांग्रेसका प्रतिनिधिले अवरोध गरेपछि वैशाख ३१ गते रातिबाट मतगणना स्थगन भएको थियो।सो अवधिमा कुल २७ हजार २७० खसेको मतमा तीन हजार मतगणना भइसकेको थियो।

सोही विषयमा निर्वाचन आयोगका प्रमुख आयुक्त्त दिनेश थपलियाले रंगेलीको जनता क्याम्पसका रहेको मतगणना स्थलको निरीक्षण एवं अवलोकन गरी उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुसँग आवश्यक छलफल गरी मतगणना सुचारु गर्ने सहमति भएको थियो।

सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला,नगरप्रमुखका प्रत्याशी उम्मेदवार नेपाली कांग्रेसका मोदराज घिमिरे र नेकपा एमाले दिलीप वगडिया सहित निर्वाचनमा सहभागी राजनीतिक दलका तीन÷तीन जना प्रतिनिधिहरुको सहभागिता थियो।

अहिले २ बजे पछि मतगणना हुने भत्रे विषयमा सहमति भएपछि मतगणना स्थलमा विरोधका लागि उपस्थित नेपाली कांग्रेसका समर्थकहरु घर फर्किएका थिए ।

प्रमुख आयुक्त्त थपलियाले निर्वाचनको मिति घोषणा भएपछि नै निर्वाचन आयोगले निर्वाचनका लागि सबै कामहरु व्यवस्थित एवं मर्यादित ढङ्गले सम्पादन गरेकाले आयोगको कुनै पनि ठाउँमा त्रुटि नेदिएको बताउनुभयो।

उहाँले मतपेटिका लाहाछाप नभएको भत्रे विषयमा आयोगको सुनियोजित गल्ति नभई मानवीय त्रुटि हुन सक्ने भएकाले यसमा कसैले पनि विवाद गर्नु पर्ने कारण नभएको कुरामा जोड दिनुभयो।आगमी जेठ ५ गते भित्र सबै पालिकाका मतगणना सम्पत्र हुने गरी गणकहरुलाई निर्देशन दिँदै भत्रुभयो,‘मतगणनाका लागि आवश्यक पर्ने सबै सुविधा उलब्ध हुन्छ, मतगणनाको काम छिटो गर्नुस्।’

मतगणना स्थलमा केही कमी कमजोरी भएमा त्यसलाई सच्याउन र मतगणना युनिट विस्तार गरी छिटोभन्दा छिटो मतदाताको अभिलाषा पूरा गर्न निर्देशन दिँदै प्रमुख आयुक्त्त थपलियाले भत्रुभयो,‘ निर्वाचनमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेपछि परिणाम थाहा पाउन किन ढिलो गर्ने।’

उहाँले भत्रुभयो,‘ मतदान केन्द्रबाट मतदान भइ मतगणना स्थलमा आइसकेपछि मतपेटिकाका विषयमा विवाद सिर्जना गरेर पुनः निर्वाचन हुन्छ भत्रु गलत हो।’
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनमा कुनै पनि त्रुटि हुन नदिन विशेष सतर्कता अपनाएको र मानवीय त्रुटिलाई अगाडि सारेर मतगणना स्थलमा विरोध वा अवरोध सिर्जना गर्नु गलत हो भत्रुभया।

प्रतिक्रिया