रुसद्वारा मेरिउपोल एजोभस्टाल कारखानामा गम्भीर घाइते युक्रेनी सेनालाई निकाल्न सुरु

इनेप्लिज २०७९ जेठ २ गते १६:५४ मा प्रकाशित

रुसले मेरिउपोल एजोभस्टाल कारखानाबाट गम्भीर घाइते युक्रेनी सेनालाई निकाल्न थालेको बताएको छ ।

रुसी रक्षा मन्त्रालयले घाइते युक्रेनी सेनालाई निकाल्ने काम सुरु भएको जनाएको छ।

युक्रेनी पक्षबाट हालसम्म कारखानाबाट नराम्ररी घाइतेहरूलाई बाहिर निकाल्ने बारे कुनै प्रतिक्रिया आएको छैन ।

“मे १६ मा मेरिउपोलको स्पात कारखानाको  क्षेत्रमा अवरुद्ध गरिएको युक्रेनी सेनाका प्रतिनिधिहरूसँगको वार्ताको परिणाम स्वरूप, घाइतेहरूलाई हटाउने विषयमा सम्झौता भएको थियो,”  भनि रुसी सरकारी  संचार माध्यमले जनाएको छ।

 

प्रतिक्रिया