युक्रेनमा पलायन हुने भन्दा धेरै मानिस फर्किने: युक्रेनी अधिकारीहरू

इनेप्लिज २०७९ जेठ २ गते ११:१० मा प्रकाशित

पछिल्लो ३ दिनमा युक्रेन फर्कनेहरूको संख्या पलायन हुनेहरुको संख्या भन्दा बढी रहेको तथ्याङ्कले देखाएको छ, युक्रेनको राज्य सीमा सुरक्षा सेवाले आइतवार जनाएको छ।

शनिबार युक्रेन भित्र र बाहिर यात्रा गर्ने लगभग ८४,००० मानिसहरू मध्ये, आधा भन्दा बढी युक्रेनी नागरिकहरू स्वदेश फर्केका छन् ,युक्रेनी अधिकारीहरूले भने।

गत शनिबार ४६,००० भन्दा बढी व्यक्ति युक्रेन फर्किएका छन् भने ३७,००० व्यक्तिले देश छोडेका छन्, सीमा सुरक्षा सेवाले भने।

कम्तिमा २२,००० देश छोड्नेहरू पोल्याण्ड गएका थिए भने बाँकी स्लोभाकिया, हंगेरी, रोमानिया र मोल्डोभा गएका थिए ।

युक्रेनमा रुसी आक्रमण सुरु भएयता ६० लाखभन्दा बढी युक्रेनीहरू देश छोडेर भागेका छन् ।

त्यस बेला देखि १.६ मिलियन भन्दा बढी मानिसहरू युक्रेन फर्केका छन्, अधिकारीहरूले बताए ।

प्रतिक्रिया