आइतबार, असार १२ २०७९
काठमाडौं २३:०८
वासिङटन डिसी 13:23

ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप

इनेप्लिज २०७९ जेठ २ गते १०:५२ मा प्रकाशित

 

बिश्वका सर्वाधिक धनाढ्य इलोन मस्कका अनुसार ट्विटर कानूनी टोलीले उनलाई नन डिसक्लोजर एग्रीमेन्ट (एनडीए ) अर्थात् गोप्य सम्झौता उल्लङ्घन गरेको बताए ।

ट्विटर कानूनी टोलीले बोट चेक नमूना (बोट- एक सफ्टवेयर(तन्त्रांश)एप्स( अनुप्रयोग) हो जुन निश्चित कार्यहरू गर्न प्रोग्राम (योजना )गरिएको हुन्छ )आकार १०० हो भनेर खुलासा गरि एनडिए उल्लङ्घन गरेको आरोप टोलीले लगाएकोमा टेस्लाका प्रमुख कार्यकारी मस्कले ट्वीट गरि सार्वजनिक गरेका छन् ।

मस्कले गत शुक्रबार ट्वीट गरि ४४ बिलियन (अर्ब डलर )को नगद सम्झौतालाई अस्थायी रूपमा रोकेका थिए ।

ट्वीटरमा नक्कली खाताहरूको समेत रहेको भनि त्यसै बिषयको छानबिन गर्न रोकिएको हो भनि सिएनएनले समाचार लेखेको छ ।

उनले भने ,उनको टोलीले बोटहरू पहिचान गर्न ट्विटरमा “१०० अनुयायीहरूको आकस्मिक नमूना” परीक्षण गर्नेछ ।

प्रतिक्रिया