जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुने– प्रमुख आयुक्त्त थपलिया

इनेप्लिज २०७९ जेठ २ गते ११:१३ मा प्रकाशित


विराटनगर,२ जेठ।निर्वाचन आयोगका प्रमुख आयुक्त्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाको नजिता सार्वजनिक घोषणा हुने बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले वैशाख ३० गते निर्वाचन भएको सबै स्थानीय पालिकाको मतगणना परिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गतेभित्र सम्पूर्णको मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिनु भयो।


प्रमुख आयुक्त्तले मतगणना स्थलमा अध्याधिक जनशक्त्ति परिचालन गर्ने,सुरक्षा व्यवस्था मिलाउने र त्यसको लागि आवश्यक पर्ने व्यवस्था र वित्तिय खर्च मांग अनुसार आयोगले व्यवस्था गर्ने प्रष्ट पार्नु भयो।

आयुक्त्त थपलियाले मतगणना स्थलमा निजामति कर्मचार, प्रदेश सरकार वा स्थानीय निकायका कर्मचारीहरुलाई परिचालन गरि यथासक्य धेरै टोलीहरु वनाई गणना कार्यमा वृद्धि गर्नुपर्नेमा जोड दिनु भयो।

उहाँले आयोग ७७ जिल्लामा शान्तिपूर्ण,स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न भएको निर्वाचनको घोषणा जनतालाई जानकारी दिन सम्पूर्ण रुपमा कार्यरत रहेको बताउनु भयो।

प्रमुख आयुक्त्त थपलियाले मतगणना स्थलमा दलहरुका प्रतिनिधि र गणक वीच मतपत्रका सम्वन्धमा साना,मसिना त्रुटि समाधानमा आयोगले सहजीकरणको भूमिका खेल्ने प्रष्ट पार्नु भयो।

उहाँले मतगणना स्थलमा सुरक्षा संयन्त्र सुदृढ रहेको र यस सम्वन्धमा सुरक्षा निकायमा निकायबाट सुनिश्चिता प्रदान गरिएकोले यसमा कुनै किसिमको अलमिलनु हुदैन भन्नु भयो।

प्रमुख आयुक्त थपलियाले वैशाख ३० गते निर्वाचनका क्रममा केही स्थनामा भएको घटनामा सङ्लग्न व्यक्तिहरुलाई चाँडै नियन्त्रणमा लिने र निर्वाचन अपराध तथा कसुर सजाय ऐन अन्तर्गत कारवारीको प्रक्रिया प्रारम्भ गर्न सरकारलाई आग्रह गरेको जानकारी दिनु भयो।

प्रतिक्रिया