विराटनगर महानगरको प्रमुख पदमा नेकांका कोइरालाको अग्रता

इनेप्लिज २०७९ जेठ २ गते १०:२७ मा प्रकाशित

विराटनगर,२ जेठ।विराटनगर महानगरपालिकाको प्रमुख पदमा आज विहान ११ बजे प्राप्त पछिल्लो मत परिणाम अनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर वुढाथोकीले मतगणना स्थल आदर्श विद्यालयबाट जारी गरिएको सूचनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले चार हजार ९९६, नेकपा एमालेका सागर थापाले तीन हजार ५१८ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार ६१९ मत प्राप्त गर्नु भएको छ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले तीन हजार ९९६ , गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका अमरेन्द्र यादवले दुई हजार ९३३, राप्रपाकी विन्दाकुमारी लुईटेल आचार्यले ९६५ मत प्राप्त गर्नु भएको छ।

विराटनगर वडा नं १७ को वडा अध्यक्षमा जनता समाज पार्टी नेपालका समिम कमर मियाँले एक हजार ४५० मत ल्याएर विजयी हुनु भएको छ।

यस्तै विराटनगर–१९ को वडाअध्यक्षमा नेकपा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर विजयी हुनु भएको छ।

प्रतिक्रिया