सोमबार, असार १३ २०७९
काठमाडौं ००:०५
वासिङटन डिसी 14:20

क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते

इनेप्लिज २०७९ जेठ २ गते १:०६ मा प्रकाशित

क्यालिफोर्नियाको गिर्जाघर(चर्च)मा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन।

क्यालिफोर्नियाको लागुना वुड्सको एउटा गिर्जाघर(चर्च)मा आइतबार भएको गोलीकाण्डमा कम्तिमा एक जनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएको शेरिफ विभागले जनाएको छ।

“सबै पीडितहरू वयस्क हुन् र अस्पताल लगिदै छ ,” ओरेन्ज काउन्टी शेरिफ विभागले सामाजिक संजाल ट्वीटमा भने। साथै एक जनाको घटनास्थलमै मृत्यु भएको बताईएको छ ।

ट्वीटका अनुसार अर्का एक व्यक्तिलाई सामान्य चोट लागेको छ। गोलाबारी जेनेभा प्रेस्बिटेरियन चर्च( गिर्जाघर) मा भएको थियो भने घटनास्थलमा एक संदिग्धलाई हिरासतमा राखिएको सामाचार सिएनएनले लेखेको छ ।

“हामीले एक जनालाई हिरासतमा लिएका छौं र संलग्न हुन सक्ने हतियार बरामद गरेका छौं,” ट्वीटमा भनिएको छ। ओरेन्ज काउन्टी अन्ग्नी नियन्त्रण बिभागले पनि बिरामीहरूको उपचार गर्न मद्दत गरिरहेको बिभागले जनाएको छ ।

हाम्रा अग्निनियन्त्रकहरू/स्वास्थ्यकर्मी घटनास्थलमा रहेका छन् भने धेरै बिरामीहरूको उपचार गरि रहेको र अस्पताल लैजाने काम भै रहेका छन् । घटनाको अध्यावधिक गरिने ओरेन्ज काउन्टी अग्नि नियन्त्रण बिभागको ट्वीटमा उक्त जानकारी गराईएको छ ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले आफ्नो कार्यालयले “लगुना वुड्सको गिर्जाघरमा भएको गोलीकाण्डको सक्रियतापूर्वक निगरानी गरिरहेको र स्थानीय प्रहरीसँग नजिकबाट काम गरिरहेको” बताए।

प्रतिक्रिया